मुख्य समाचार
बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न |

बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने
बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने

Rato Pen 299+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

बर्दिया, — महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अस्वस्थकर खाना नियमन तथा नियन्त्रण अभियान २०८२/८३ सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम बारबर्दिया नगरपालिकामा सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयस्तरमा अस्वस्थकर खानाको प्रयोग नियन्त्रण गरी स्वस्थकर खानपान संस्कृतिको विकास गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले प्रारम्भिक चरणमा पाँच वटा विद्यालयमा अभियान सञ्चालन गरिए पनि यसको अभ्यास र मापदण्ड नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा लागू गरिने बताउनुभयो। विद्यालयमा स्वस्थकर दिवा खाजाको प्रवर्द्धन, जंक फुड नियन्त्रण तथा विद्यार्थीको पोषण अवस्थामा सुधार ल्याउन अभियान महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय बर्दियाका पोषण फोकल पर्सन मानबहादुर नेपालीले गर्नुभएको थियो। उहाँले अस्वस्थकर खानाको बढ्दो प्रयोगले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै विद्यालय, अभिभावक र समुदायको साझा प्रयासबाट मात्र स्वस्थकर खानपानको वातावरण निर्माण गर्न सकिने बताउनुभयो।

कार्यक्रममा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न विषयगत शाखाका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरू, स्वास्थ्य संस्था प्रमुखहरू, स्थानीय सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले गर्नुभएको थियो।

अन्तरक्रिया कार्यक्रमबाट नगर उपप्रमुखको संयोजकत्वमा ‘अस्वस्थकर खाना निषेधित विद्यालय अनुगमन समिति’ गठन गरिएको छ। समितिमा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक तथा शिक्षा शाखा प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ। आवश्यकता अनुसार अन्य सदस्यहरूलाई पनि आमन्त्रण गर्न सकिने जनाइएको छ।

समितिको विद्यालय प्रतिनिधिका रूपमा भानुभक्त माध्यमिक विद्यालय सिउनियाका प्रधानाध्यापकलाई चयन गरिएको छ। समितिले स्थानीय तहभित्रका कम्तीमा पाँच वटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अन्तरक्रिया गरी अस्वस्थकर खाना निषेधित विद्यालय घोषणा कार्ययोजना तयार गर्नेछ।

अभियानको पहिलो चरणमा पञ्चजन्य माध्यमिक विद्यालय पद्नाहा, किसान माध्यमिक विद्यालय फच्कहवा, भानुभक्त माध्यमिक विद्यालय सिउनिया, अंशुवर्मा माध्यमिक विद्यालय जयनगर तथा सरस्वती माध्यमिक विद्यालय जमुनियामा कार्यक्रम सञ्चालन गरिने भएको छ।

अस्वस्थकर खाना निषेधित विद्यालयका मापदण्डअनुसार विद्यालय परिसरलाई अस्वस्थकर खाना निषेधित क्षेत्र घोषणा गरी होर्डिङ बोर्ड वा भित्ते लेखन गर्ने, चमेनागृहमा जंक फुड बिक्री वितरण रोक्ने, दिवा खाजामा अस्वस्थकर खाना निषेध गर्ने, विद्यार्थीले घरबाट ल्याउने खाजामा समेत स्वस्थकर खानेकुरा सुनिश्चित गर्ने व्यवस्था गरिनेछ। साथै सम्बन्धित स्वास्थ्य संस्थाबाट प्रत्येक महिना पोषण तथा स्वास्थ्य शिक्षा सञ्चालन गरिने र विद्यालयको १०० मिटर क्षेत्रभित्र मादक पदार्थ तथा सुर्तिजन्य वस्तुको बिक्री वितरण नियन्त्रण गर्न पहल गरिनेछ।

कार्यक्रममा नेपालमा कुपोषण न्यूनीकरणका लागि आवश्यक पोषणसम्बन्धी गतिविधिबारे समेत जानकारी गराइएको थियो। जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने, छ महिनासम्म केवल आमाको दूध खुवाउने, छ महिनापछि उपयुक्त पूरक आहार सुरु गर्ने, बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि तथा सूक्ष्म पोषकतत्व उपलब्ध गराउने, कुपोषणको समयमै पहिचान तथा उपचार गर्ने र गर्भवती तथा सुत्केरी महिलालाई आइरन चक्की तथा पोषण परामर्श उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको थियो।

स्वास्थ्य कार्यालय बर्दियाले विद्यालय, अभिभावक, स्थानीय सरकार र समुदायको सहकार्यबाट स्वस्थकर खानपानको संस्कृतिलाई संस्थागत गर्दै बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार