मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

नागरिक समाज तथा सञ्चारकर्मीलाई यौनिकता शिक्षा सम्बन्धी अभिमुखीकरण
नागरिक समाज तथा सञ्चारकर्मीलाई यौनिकता शिक्षा सम्बन्धी अभिमुखीकरण

Rato Pen 357+ समाचार ( )
२९ मंगशिर २०८२, मङ्गलबार

१ पौष २०८२
बर्दियाको मधुवन नगरपालिकामा नागरिक समाज तथा सञ्चारकर्मीहरूलाई लक्षित गरी बृहत्तर यौनिकता शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

“सशक्त बालिका परियोजना” अन्तर्गत प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा तथा बाँके युनेस्को क्लबको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा नागरिक समाज तथा सञ्चारकर्मीहरूलाई बालबालिकामा हुने शारीरिक परिवर्तन, उनीहरूमाथि हुने विभेद तथा त्यसका सामाजिक प्रभावका विषयमा सहजकर्ता कमल भट्टराईले अभिमुखीकरण गर्नुभएको थियो।

सशक्त बालिका परियोजनाले मधुवन नगरपालिकामा स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, किशोर–किशोरी तथा विपन्न परिवारसँग सहकार्य गर्दै बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा यौन तथा प्रजनन स्वास्थ्यलगायत विविध क्षेत्रमा काम गर्दै आइरहेको परियोजनाकी फिल्ड सुपरभाइजर मिनु थारुले जानकारी दिनुभयो।

उहाँका अनुसार परियोजनामार्फत मधुवन नगरपालिका भित्रका चार वटा माध्यमिक विद्यालयलाई विभिन्न सहयोग उपलब्ध गराइएको छ। वडा नम्बर १ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय सुर्यटुवामा विज्ञान प्रयोगशाला स्थापना गर्नुका साथै विपन्न विद्यार्थीहरूलाई झोला, कपी, कलम, जुत्ता, विद्यालय पोशाक र स्टडी टेबल वितरण गरिएको छ। वडा नम्बर २ बगालीपुरस्थित मञ्जुश्री शिशु बालबाटिका माध्यमिक विद्यालयमा ईसीडी कक्ष सहयोग, भित्ते लेखन, स्मार्ट टेलिभिजन, टेबल, कुशन तथा झोला प्रदान गरिएको छ। त्यसैगरी वडा नम्बर ४ ढोढरीस्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला तथा सांकेतिक भाषा प्रयोग गर्ने बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ भने वडा नम्बर ६ स्थित गुराँस माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला, मेकर स्पेस तथा छात्रवृत्ति सहयोग गरिएको छ।

कार्यक्रममा मधुवन नगरपालिका भित्रका नागरिक समाजका सदस्य, बडघर, गुरुवा वैद्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार