मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा
राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा

Rato Pen 332+ समाचार ( )
२५ जेठ २०८३, सोमबार

बर्दिया, बारबर्दिया नगरपालिका–७ स्थित सउनियाको राजकुला क्षेत्रमा बाढी तथा डुबानको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कामका लागि नगद (Cash for Work) कार्यक्रमअन्तर्गत अस्थायी तटबन्धन निर्माण कार्य सुरु गरिएको छ।

कार्यक्रमअन्तर्गत स्थानीय समुदायका ५० जना नागरिकलाई आठ दिनका लागि रोजगारी प्रदान गरिएको छ। सहभागीहरूलाई नेपाल सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक दैनिक ज्यालाका रूपमा उपलब्ध गराइने जनाइएको छ। उक्त कार्यक्रम परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र बारबर्दिया नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको छ।

वर्षेनी बाढी र डुबानको समस्याबाट प्रभावित हुँदै आएको राजकुला क्षेत्रमा तटबन्धन निर्माण सुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन्। उनीहरूले यस कार्यले वर्षायाममा आउने बाढीबाट केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, तटबन्धन निर्माणका लागि आवश्यक माटो, बाँस लगायतका सामग्री उपलब्ध गराउनुका साथै काम गर्न सहज वातावरण निर्माणमा समेत स्थानीय समुदायले सक्रिय सहयोग गरेका छन्।

स्थानीयवासीहरूले तटबन्धन निर्माणले आफ्ना घर तथा सम्पत्ति सुरक्षित हुनुका साथै केही समयका लागि रोजगारी र आम्दानीको अवसर प्राप्त भएकाले आफूहरू खुसी रहेको बताएका छन्।

कार्यक्रम सञ्चालनका लागि वडा कार्यालय र नगरपालिकाले बोरा, प्लास्टिक तथा डोरी लगायतका सामग्रीको व्यवस्था गर्नुका साथै नियमित अनुगमन, सुझाव र प्राविधिक सहयोग प्रदान गरिरहेका छन्।

बारबर्दिया नगरपालिका–७ का वडा अध्यक्ष ईन्द्रप्रसाद थारु ले अस्थायी तटबन्धन निर्माणबाट उक्त क्षेत्रका ४०० भन्दा बढी घरपरिवार लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। स्थानीय समुदायको माग र आवश्यकतालाई मध्यनजर गर्दै तटबन्धन निर्माण कार्य सुरु गरिएको उहाँको भनाइ छ।

बारबर्दिया नगरपालिकाका विपद् फोकल पर्सन राजकुमार थारु ले सानो प्रयासबाट पनि ठूलो जोखिम न्यूनीकरण सम्भव हुने बताउनुभयो। प्रत्येक वर्ष राजकुलामा आउने बाढी गाउँतर्फ पस्ने समस्यालाई कम गर्न अस्थायी तटबन्धन प्रभावकारी उपाय हुन सक्ने अनुमानका आधारमा स्थानीय समुदाय र वडा कार्यालयको मागअनुसार कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। स्थानीयको सक्रिय सहभागिता र उत्साहका कारण कार्यक्रम सफल हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।

कार्यक्रमको छैटौँ दिनसम्म करिब ३०० मिटर तटबन्धन निर्माण सम्पन्न भएको र प्रारम्भिक रूपमा यसको प्रभाव सकारात्मक देखिएको सम्बन्धित पक्षहरूले जनाएका छन्। कार्यान्वयन पक्ष, स्थानीय समुदाय तथा सहयोगी निकायहरूले हालसम्मको प्रगति सन्तोषजनक रहेको र निर्धारित अवधिभित्र गुणस्तरीय काम सम्पन्न हुने अपेक्षा गरेका छन्।

स्थानीयवासीहरूका अनुसार तटबन्धन निर्माणले बाढीबाट हुने जनधनको क्षति तथा भौतिक संरचनामा पुग्ने सम्भावित नोक्सानी न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। कार्यक्रमको नियमित अनुगमन, मूल्याङ्कन तथा समन्वय भइरहेकोले आठ दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनेमा आयोजक पक्ष विश्वस्त रहेको जनाएको छ।

उक्त कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) को साझेदारीमा सञ्चालित विपद् उत्थानशीलता अभिवृद्धिका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सवलीकरण (प्रयास) परियोजनाअन्तर्गत सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार