मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

युवा तथा सरोकारवालाका लागि विपद् जोखिम व्यवस्थापन तथा वास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
युवा तथा सरोकारवालाका लागि विपद् जोखिम व्यवस्थापन तथा वास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Rato Pen 357+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

बर्दियाको ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा आईतबार र सोमबार दुई दिनसम्म विपद् जोखिम व्यवस्थापन तथा वास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम प्लान इन्टरनेशनल नेपालराधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS), गुलरिया को साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत आयोजित गरिएको हो।

कार्यक्रममा युवा तथा सरोकारवालाहरुलाई विपद् न्युनिकरण, व्यवस्थापन, जलवायु परिवर्तन, विपद् पूर्वतयारी तथा विपद् पछिका क्रियाकलाप, विपद् प्रतिकार्यमा युवाहरुको भूमिका, आपतकालीन आश्रय (झपटझोला व्यवस्थापन) तथा विपद् व्यवस्थापनका आधारभूत सिद्धान्तका विषयमा जानकारी प्रदान गरिएको थियो। छलफल तथा खेल विधिबाट सहभागिहरुलाई विपद् जोखिम न्यूनीकरणको विषयमा थप बुझाइ गराइएको थियो। लिङ्ग र लैङ्गिक समानता श्रव्यदृष्य सामाग्री देखाई छलफल गरिएको छ । सम्पुर्ण जानकारी खेल र छलफलका माध्यमबाट बुझाउने र सिकाउने प्रयास गरिएको छ । 

कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ ले विपद् व्यवस्थापनका लागि आवश्यक ज्ञान, सीप र पूर्वतयारीको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। सहभागीहरूले सिकेका कुराहरु आफ्ना समुदायमा बाँड्नुपर्ने कुरामा समेत जोड दिइएको थियो। कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलपरियोजनाका कार्यक्रम अधिकृत संजय चौधरी ले सहजीकरण गर्नुभएको थियो।

सहभागीहरूले विपद् व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान हासिल गरेको अनुभव व्यक्त गरेका छन्। उनीहरूले विपद् प्रतिकार्यमा युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन्।

कार्यक्रममा बर्दिया जिल्लाका बारबर्दिया, राजापुर, ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकाका युवा, सामाजिक अगुवा र स्थानीय विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरू को सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार