मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

अपाङ्गता समावेशीकरणबारे मधुवनमा नगरस्तरीय अन्तरक्रिया सम्पन्न
अपाङ्गता समावेशीकरणबारे मधुवनमा नगरस्तरीय अन्तरक्रिया सम्पन्न

Rato Pen 327+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

बर्दिया, — अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशीकरण र सेवा पहुँचका विषयमा केन्द्रित नगरस्तरीय अन्तरक्रिया कार्यक्रम मधुवन नगरपालिकामा सम्पन्न भएको छ। International Nepal Fellowship (INF Nepal) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा अपाङ्गताको परिभाषा, प्रकार तथा यससँग सम्बन्धित सामाजिक, कानुनी र संरचनागत अवरोधहरूबारे विस्तृत प्रस्तुति गरिएको थियो। सहभागीहरूलाई अपाङ्गता केवल शारीरिक समस्या मात्र नभई सामाजिक अवरोध, गलत धारणा र अवसरको अभावबाट सिर्जित अवस्था भएको जानकारी गराइएको थियो।

अन्तरक्रियामा अपाङ्गता भएका व्यक्तिहरूले सामना गर्ने चुनौतीहरू—जस्तै स्वास्थ्य असमानता, शिक्षा र रोजगारीमा पहुँचको कमी, भेदभाव तथा सञ्चार अवरोध—बारे पनि छलफल गरिएको थियो। विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै अपाङ्गता भएका व्यक्तिहरूमा विभिन्न स्वास्थ्य जोखिमहरू बढी हुने र उनीहरूले सेवा पहुँचमा कठिनाइ भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरियो।

कार्यक्रममा नेपालको संविधान २०७२ ले अपाङ्गता भएका व्यक्तिहरूलाई समानता, शिक्षा र सामाजिक न्यायको मौलिक हक सुनिश्चित गरेको विषयमा समेत जानकारी दिइयो। साथै, नेपाल सरकारद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता, कर छुट, छात्रवृत्ति, निःशुल्क उपचार लगायतका सुविधा र अधिकारहरूबारे सहभागीहरूलाई अवगत गराइएको थियो।

कार्यक्रमको समापन मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने ले गर्नु भएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू तथा विभिन्न विषयगत शाखाका शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय सरकारको भूमिकाबारे चर्चा गर्दै अपाङ्गता कार्ड वितरण, पहुँचयुक्त पूर्वाधार निर्माण, समावेशी बजेट विनियोजन तथा उद्यमशीलता प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको थियो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक र उचित शब्दावली प्रयोग गर्नुपर्ने कुरामा पनि विशेष जोड दिइएको थियो।

उक्त कार्यक्रम German Cooperation तथा humedica International  जस्ता साझेदार निकायहरूको आर्थिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा समावेशी समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार