मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दिया नगरपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण
बारबर्दिया नगरपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण

Rato Pen 357+ समाचार ( )
६ असार २०८२, शनिबार

बर्दिया — बारबर्दिया नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण तथा किसानको जीवनस्तर उकास्नका लागि ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गरेको छ। नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा बारबर्दियाका २ सय २६ जना कृषकलाई पावर टिलर, मिनि पावर टिलर र सिँचाइ मोटरसहितका उपकरण वितरण गरिएको हो।

कुल ८७ वटा पावर टिलर, १०० वटा मिनि पावर टिलर र ३९ वटा सिँचाइ मोटर वितरण गरिएको जनाइएको छ। उक्त उपकरणहरू नगरपालिकाले २ करोड ४४ लाखको लागतमा खरिद गरेको हो, जसमा १ करोड २२ लाख रुपैयाँ नगरपालिकाले र बाँकी रकम लाभग्राही कृषकहरूले व्यहोरेका छन्।

कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले परम्परागत खेती प्रणालीबाट आधुनिक कृषिमा रूपान्तरण आवश्यक भएको बताउँदै, युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न यस्ता योजनाहरू ल्याइएको स्पष्ट गर्नु भयाे ।

त्यस्तै, नगरउपप्रमुख रत्नकुमारी पाण्डेले कृषकको आर्थिक सशक्तीकरणका लागि कृषि क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गर्दै किसानलाई यस्ता योजनामा सहभागी हुन आग्रह गर्नु भयाे । 

प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईले वितरण गरिएका औजारको सदुपयोग गरी यसको दीर्घकालीन लाभ लिन किसानलाई सुझाव दिनु भएकाे छ । 

कार्यक्रममा कृषि शाखा प्रमुख झलक खड्काले कार्यक्रमको उद्देश्य प्रस्तुत गर्दै अनुदानमा औजार पाउँदा किसानलाई बजार मूल्यभन्दा सस्तोमा सुविधा मिलेको जानकारी दिनु भयाे ।

पावर टिलरको मूल्य १ लाख ४८ हजार ९ सय र मिनि पावर टिलरको मूल्य ६३ हजार ९ सय रुपैयाँ तोकिएकोमा, कृषकहरूले ५० प्रतिशत अनुदानमा प्राप्त गर्नु भएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार