मुख्य समाचार
नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी | ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ | विद्यालय सुशासन र सिकाइ सुधारका लागि दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न | किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न | बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम | बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित |

बारबर्दियामा यौन तथा प्रजनन् स्वास्थ्य मेला सम्पन्न
बारबर्दियामा यौन तथा प्रजनन् स्वास्थ्य मेला सम्पन्न

Rato Pen 285+ समाचार ( )
१ मंगशिर २०८२, मङ्गलबार

  बारबर्दिया, २०८२ मंसिर २

बारबर्दिया नगरपालिका–५ मा रहेको जनप्रिय आधारभूत विद्यालय जब्दहवामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी मेला सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीलाई यौन स्वास्थ्य अधिकारबारे जानकारी र सचेतना अभिवृद्धि गर्न मेलाको आयोजना गरिएको विद्यालयले जनाएको छ।

मेलामा यौन शिक्षा तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित स्टलहरू राखी सन्देशमूलक सामग्री, चित्र तथा जानकारीमूलक पोष्टरहरूको प्रदर्शनी गरिएको थियो। साथै यसै अवसरमा परियोजनाको सहयोगमा निर्माण गरिएको तीन कोठे पहुँचयुक्त शौचालयको उद्घाटन गरिएको छ। करिब १५ लाख १९ हजार रुपैयाँ लागतमा उक्त शौचालय निर्माण गरिएको हो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले जनप्रिय आधारभूत विद्यालयले छोटो समयमा उल्लेखनीय सुधार गरेको बताउनु भयो। विद्यार्थीहरूको प्रस्तुति र क्षमताले आफू खुशी भएको उहाँको भनाइ थियो। उहाँले नगरपालिका विद्यालयहरूमा स्वच्छता प्रवर्द्धनका लागि निरन्तर कार्यक्रम सञ्चालन भइरहेको तथा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिलाई स्थानीयकरण गरी सबै विद्यालयमा लागू गरिएको जानकारी गराउनुभयो। आवश्यक भौतिक संरचना निर्माण पनि निरन्तर भइरहेको उहाँले बताउनुभयो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले विद्यार्थीहरूको प्रस्तुति हेर्दा उनीहरू यस विषयमा सचेत हुँदै गएको स्पष्ट भएको बताउनु भयाे । निर्माण भएको तीन कोठे शौचालय समयानुकूल, पहुँचयुक्त र उपयोगी भएको भन्दै यसको सही सदुपयोगसँगै स्वास्थ्य र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गर्न भयो ।

कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञप्रसाद पोखरेलले संस्था विगतदेखि नै सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहँदै आएको बताउँदै अहिले पनि निरन्तर रूपमा समुदायमुखी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनु भयो ।

कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको साझेदारीमा सञ्चालित ‘किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार कार्यक्रम’ अन्तर्गत मेलाको आयोजना गरिएको हो। मेलामा विद्यार्थीहरूले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विषयमा आफ्ना भनाइ, नृत्य, गीत र नाटक प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले सचेत र सुसंस्कृत तरिकाबाट कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार