मुख्य समाचार
नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी | ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ | विद्यालय सुशासन र सिकाइ सुधारका लागि दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न | किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न | बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम | बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित |
मुख्य समाचार
नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी | ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ | विद्यालय सुशासन र सिकाइ सुधारका लागि दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न | किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न | बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम | बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित |

वासगेन परियोजनाको उपलब्धी समिक्षा, शिक्षा र खानेपानी–सरसफाइ कार्यान्वयनमा जोड
वासगेन परियोजनाको उपलब्धी समिक्षा, शिक्षा र खानेपानी–सरसफाइ कार्यान्वयनमा जोड

Rato Pen 285+ समाचार ( )
५ पौष २०८२, आइतबार


वासगेन परियोजना सम्पन्न हुने चरणमा पुगेसँगै परियोजना लागु भएका विद्यालयहरूमा देखिएका उपलब्धीहरूको समिक्षा गरिएको छ । परियोजना अन्तर्गत सहभागी विद्यालयका शिक्षकहरूको सहभागितामा विद्यालयमा शिक्षा अधिकार तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी अधिकारका विषयमा सञ्चालन गरिएका कक्षापछि देखिएका राम्रा अभ्यासहरूबारे विद्यालयगत समूहमा छलफल गरी प्रस्तुति गरिएको हो ।

समिक्षा कार्यक्रममा नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको मौलिक हक प्रदान गरेको, साथै खानेपानी तथा सरसफाइ ऐनले नियमित रूपमा पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी तथा सुरक्षित शौचालय र मानव मलमूत्रको सुरक्षित व्यवस्थापनसहितको सरसफाइ सेवामा सहज पहुँचको अधिकार सुनिश्चित गरेको विषयमा समेत छलफल गरिएको थियो । विद्यालय तथा सार्वजनिक शौचालयहरूमा साबुन–पानीसहित हात धुने व्यवस्था, किशोरी तथा महिलाका लागि महिनावारी स्वच्छतासम्बन्धी प्याड तथा त्यसको सुरक्षित व्यवस्थापनको सुविधा हुनुपर्ने विषयलाई अभ्यासमा उतारिएको सहभागी शिक्षकहरूले बताएका छन् ।


कार्यक्रममा बारबर्दिया नगरपालिका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले वासगेन परियोजनालाई नगरपालिकाका ३९ वटै विद्यालयमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । परियोजना सञ्चालन भएका विद्यालयमा प्राप्त सिकाइ अन्य विद्यालयमा पनि लागू गरिएको उल्लेख गर्दै उहाँले दिगोपनाका लागि विद्यालयहरूले खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिलाई स्थानीयकरण गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । अहिले पनि विभिन्न साझेदार संस्थासँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने योजना रहेको र विद्यालयको दिवा खाजा व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा अभिभावक शिक्षामा जोड दिइरहेको जानकारी दिनुभयो । शिक्षक र अभिभावक मिलेर विद्यालयप्रति सकारात्मक सोचका साथ काम गरे सुधार सम्भव हुने उहाँको भनाइ थियो ।

वाटरएड्का परियोजना प्रबन्धक उमाशंकर यादबले सबै सरोकारवालाको संयुक्त प्रयासका कारण अहिलेको उपलब्धी सम्भव भएको बताउनुभयो । पालिकाको नेतृत्वदायी भूमिका, शिक्षा शाखाको निरन्तर सक्रियता, शिक्षकहरू तथा बाल क्लब र किशोरी क्लबहरूको सहभागिताले परियोजनालाई सफल बनाएको उहाँले उल्लेख गर्नुभयो । तीन वर्षे परियोजना अवधिमा हासिल भएका उपलब्धीलाई संस्थागत गर्दै दिगोपना बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।


समिक्षाका क्रममा शिक्षा अधिकारसम्बन्धी अन्तरवस्तुहरूबारे पनि चर्चा गरिएको थियो । संविधान तथा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन अनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको हक, आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने अधिकार, योग्यता र क्षमताका आधारमा उच्च शिक्षा अध्ययन गर्ने हक, अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकका लागि निःशुल्क उच्च शिक्षा, दृष्टिविहीनका लागि ब्रेललिपि र बहिरा तथा स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकका लागि सांकेतिक भाषामार्फत शिक्षा पाउने अधिकार तथा मातृभाषामा शिक्षा प्राप्त गर्ने हकबारे जानकारी दिइएको थियो ।

समिक्षामा सहभागी शिक्षकहरूका अनुसार विद्यालयमा अपनाइएका स्वास्थ्य तथा सरसफाइका अभ्यास घरपरिवारसम्म विस्तार भएका छन् । कक्षाअनुसार कार्यविभाजन गरी सरसफाइ गर्ने, विभिन्न समूहबाट अतिरिक्त कार्यक्रम सञ्चालन गर्ने, दिवा खाजा व्यवस्थापनमा सुधार, स्वास्थ्यका पाँचै व्यवहारको अभ्यास, हात धुने बानीको विकास, व्यक्तिगत सरसफाइमा ध्यान, किशोरी विद्यार्थीहरूको कक्षा छोड्ने दरमा कमी, फूलबारी तथा करेसाबारी निर्माण र फोहर उत्सर्जनमा कमी आएको छ ।

अबका दिनमा सरसफाइलाई निरन्तरता दिने, विद्यार्थी नेतृत्वमा क्रियाकलापको अनुगमन गर्ने, नियमित अनुगमन प्रणाली विकास गर्ने, किशोर–किशोरीमैत्री कक्षा निर्माण गर्ने, राम्रो काम गर्नेलाई पुरस्कृत र लापरवाही गर्नेलाई दण्ड–जरिवानाको व्यवस्था गर्ने, नयाँ शिक्षकहरूलाई तालिम तथा प्राविधिक सहयोग प्रदान गर्ने, समुदायस्तरमा समेत कार्यक्रम विस्तार गर्ने र केही विद्यालयमा आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।

युके एड र वाटरएडको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोगमा बेस बर्दियाद्वारा सञ्चालित वासगेन परियोजना हाल बारबर्दिया नगरपालिकामा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार