मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवारद्वारा द्वन्द्वपीडितका समस्या समाधानका लागि प्रतिबद्धता
बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवारद्वारा द्वन्द्वपीडितका समस्या समाधानका लागि प्रतिबद्धता

Rato Pen 357+ समाचार ( )
२३ माघ २०८२, शुक्रबार

बर्दिया क्षेत्र नम्बर १ का विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले द्वन्द्वपीडितका समस्या समाधानका लागि प्रतिबद्धता जनाएका छन्। द्वन्द्वपीडित समिति बर्दिया र एन.पि.आई.को आयोजनामा सम्पन्न उम्मेदवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूले संसदमा पुगेपछि द्वन्द्वपीडितका माग र मुद्दा सशक्त रूपमा उठाउने बताउनु भएको हो । 

उम्मेदवारहरूले आफूहरू द्वन्द्वपीडितहरूको समस्या र पीडाप्रति जानकार रहेको उल्लेख गर्दै समाधानका लागि व्यक्तिगत तथा पार्टीगत तवरबाट पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार संजय गौतमले द्वन्द्वपीडितका समस्या समाधानका लागि अपेक्षित काम हुन नसकेको स्वीकार गर्दै त्यसप्रति आफू पनि दुःखी रहेको बताउनु भएको छ । उहाँले अबका दिनमा द्वन्द्वपीडितहरूको समस्या समाधानमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीले विगतमा सहकार्य गर्दै आएको अनुभव उल्लेख गर्दै निर्वाचित भएपछि संसदमा अझ सशक्त रूपमा आवाज उठाउने बताउनु भयो।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु प्रसाद चौधरीले आफू जिते पनि हारे पनि द्वन्द्वपीडितहरूको साथमा रहने प्रतिबद्धता जनाउनु भयो। पीडितहरूको समस्या र मागबारे जानकार रहेको उल्लेख गर्दै ती मागहरूलाई जोडदार रूपमा उठाउने बताउनु भयो।

कार्यक्रममा अधिवक्ता, नागरिक समाजका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूले राज्य र सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ढिलाइ गरिसकेको टिप्पणी गर्नु भयो । राज्यमा आवश्यक इच्छाशक्ति भए तीनै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट काम गर्न सकिने उहाँहरूको धारणा थियो।

सहभागीहरूले शान्ति प्रक्रियाका बाँकी कामहरू चाँडो टुंग्याई मेलमिलाप र परिपूरणको वातावरण निर्माण गर्न आग्रह गर्नु भयो । यस क्षेत्रबाट निर्वाचित भएर संसदमा पुगेकाहरूले अपेक्षित काम नगरेको गुनासो गर्दै अबका दिनमा तत्काल परिणाममुखी काम हुनुपर्नेमा जोड दिएका छन् ।

द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले उम्मेदवारहरूको स्पष्ट प्रतिबद्धता जान्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो। शान्ति प्रक्रिया नेपालकै साझा समस्या भएकाले सबै राजनीतिक दलहरू मिलेर समाधान गर्नुपर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार