मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

समग्र विकासमा अब्बल ठाकुरबाबा नगरपालिका: शिक्षा, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
समग्र विकासमा अब्बल ठाकुरबाबा नगरपालिका: शिक्षा, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति

SizTex 39+ समाचार ( )
२ श्रावण २०८२, शुक्रबार

बर्दिया, 

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ८९.६६ प्रतिशत बजेट खर्च गर्दै समग्र क्षेत्रमा उदाहरणीय प्रगति हासिल गरेको जनाएको छ। शुक्रबार स‌चारकर्मीहरुस‌ँग नगरपालिकाले आयोजना गरेको समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भौतिक, सामाजिक र संस्थागत क्षेत्रमा भएको उल्लेखनीय कामको जानकारी दिनुभयो।

प्राप्त विवरणअनुसार ७८ करोड ६३ लाख ६३ हजार ७८ रुपैयाँको कुल बजेटमध्ये ७० करोड ५१ लाख १७ हजार ८९३ रुपैयाँ खर्च गरिएको हो। त्यस्तै, आन्तरिक आम्दानीतर्फबाट मात्र ९ करोड ९३ लाख रुपैयाँभन्दा बढी संकलन गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विभिन्न राष्ट्रिय सूचकांकहरूमा पनि अग्रणी स्थान हासिल गरेको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ९५.७५ अंक प्राप्त गर्दै बर्दिया जिल्लामै पहिलो स्थानमा परेको छ। त्यस्तै, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ९१ अंक ल्याएर पुनः पहिलो स्थानमा पुगेको हो। कार्यसम्पादन मूल्याङ्कनमा भने ६५.७ अंकसहित तेस्रो स्थान प्राप्त गरेको छ।

नगरप्रमुख तिलकराम लम्सालले कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार पालिकामा निर्वाचित हुनुअघि जम्मा ४२ सय मिटर मात्रै कालोपत्रे सडक रहेकोमा अहिले आफ्नै कार्यकालमा ६१ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ, जसमा २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। भौतिक पूर्वाधारका अन्य योजनाहरू अन्तर्गत ग्राभेल सडक, कल्भर्ट, ह्युमपाइप, विद्यालय भवन, सार्वजनिक शौचालय, प्रतिक्षालय, खेल मैदान, व्यायामशाला, तारजाली, सिचाइँ नाला, मन्दिर सुधार र गौशाला निर्माणसमेत उल्लेखनीय रूपमा सम्पन्न गरिएको छ।

शिक्षा क्षेत्रमा नगरपालिकाले उत्कृष्ट नतिजा दिने विद्यालयलाई ७५ हजार रुपैयाँसहित पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरेको छ। विषयगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने ४२ जना शिक्षकलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ। प्रधानाध्यापकका लागि अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ भने 'शिक्षक बैंक' स्थापना गरी हालसम्म २२ जना शिक्षक सेवा अभाव भएका विद्यालयहरूमा परिचालन गरिएको छ।

यी पहलकदमीहरूका आधारमा ठाकुरबाबा नगरपालिकाले बि.सं. २०८० मा शिक्षा पत्रकार समूहबाट "सर्वोत्कृष्ट पालिका" को सम्मान प्राप्त गरेको थियो। यस्तै, प्रधानाध्यापकहरूको समूह PAN बाट पनि लुम्बिनी प्रदेशमा "शिक्षा क्षेत्रमा उत्कृष्ट पालिका" को मान्यता पाएको छ।

नगर उपप्रमुख बिना कुमारी भट्टराईले नगरवासीका लागि विभिन्न जनमुखी सेवाहरू विस्तार गरिएको जानकारी दिनु भयाे । हाल नगरपालिकाले दमकल, सब–स्टेशन, निःशुल्क अटो सेवा, नगर अस्पतालमार्फत विशेषज्ञ सेवा, एम्बुलेन्स सुविधा, गर्भवती महिला र विपन्न नागरिकका लागि विशेष सेवा सञ्चालन गरेको छ। त्यस्तै, नगर क्षेत्रका नागरिकलाई जंगली जनावर विशेषगरी हात्तीको आक्रमणबाट सुरक्षित राख्न तीन स्थानमा दुई किलोमिटर लामो छेकबार निर्माण गरिएको पनि जानकारी दिनु भयाे ।

कार्यक्रममा नगरप्रमुख लम्सालले पालिकाको समग्र प्रगति कुनै संयोग नभई योजनाबद्ध र पारदर्शी प्रयत्नको परिणाम भएको बताउँदै भन्नुभयो, “हामीले सामाजिक विकासलाई मूल प्राथमिकतामा राखेका छौं। शिक्षा र स्वास्थ्यमा गरिएका लगानीले भविष्यमा थप प्रभावकारी परिणाम दिनेछ भन्ने विश्वास छ। केही त्रुटि भए ती नियतवश नभई प्राविधिक वा कार्यान्वयनजन्य हुन सक्छन्, जसको समाधानका लागि हामी निरन्तर प्रयत्नशील छौं।”

कार्यक्रममा  सञ्चारकर्मीहरुकाे अवलाेकन र छलफलले विकासका क्षेत्रहरूमा देखाएको प्रयास, गतिशीलता र पारदर्शिताले समग्र नगरवासीबीच सकारात्मक सन्देश फैलिने विश्वास नगरप्रमुख तथा उपप्रमुखले लिनु भएकाे छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार