मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

मन्त्री तिमिल्सिनाद्वारा जन्मदिनको अवसरमा अभिभावकविहीन बालबालिकालाई सहयोग
मन्त्री तिमिल्सिनाद्वारा जन्मदिनको अवसरमा अभिभावकविहीन बालबालिकालाई सहयोग

Rato Pen 357+ समाचार ( )
११ वैशाख २०८२, शुक्रबार

होमेन्द्र थापा

 बर्दिया — लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो जन्मदिन विशेष बनाउँदै मधुवन नगरपालिका–१, पथरबोझीस्थित सरस्वती आधारभूत विद्यालयका अभिभावकविहीन बालबालिकासँग मनाउनुभएको छ।

उक्त अवसरमा विद्यालयका ३३ जना बालबालिकालाई विद्यालय पोशाक, चप्पल, एक दिनको पोषिलो भोजन तथा एक महिनाका लागि आवश्यक खाद्यान्न वितरण गर्दै सहयोग प्रदान गरिएको हो।

मन्त्री तिमिल्सिनाका अनुसार यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको बताउनुभयो। उहाँले छोराको भावना अनुरूप बालबालिकालाई सहयोग गर्ने निर्णय गर्नुभएको हो। “अभिभावकविहीन बालबालिकाको पीडा महसुस गरेर यस्ता कार्यक्रमले उनीहरूमा आशा र आत्मबल बढाउँछ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो।

हाल सरस्वती आधारभूत विद्यालयमा २५ जना छात्र र ८ जना छात्रा गरी ३३ जना विद्यार्थी अध्ययनरत छन् भने २ जना कर्मचारी कार्यरत छन्।

मन्त्री तिमिल्सिनाको यो कार्य सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको उदाहरण भएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति डम्बर केसी, नगर उप–प्रमुख अनिता दहित, नगर प्रवक्ता मेक बहादुर गुरुङ, वडा नं. १ का अध्यक्ष मीन थापा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार