मुख्य समाचार
२३ वर्षपछि अन्तिम संस्कार ः अमर बहादुर बुढाको परिवारको पीडादायक यात्रा | द्वन्द्वपीडितको अवस्था बुझ्न बारबर्दिया र ठाकुरबाबामा अनुगमन कार्यक्रम | बर्दियामा हावाहुरी र वर्षाले गहुँ र मकैमा क्षति, कृषक चिन्तित | मधुवनमा १९१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ | तानाशाही तर्फ देश धकेल्ने षड्यन्त्र भैरहेको छ ः अध्यक्ष प्रचण्ड | बर्दियामा वेपत्ता योद्धा कृष्ण थारुको शालिक अनावरण | “जनतासँग माओवादी” अभियानमा प्रचण्डको बर्दिया दौडान, विभिन्न स्थानमा कार्यक्रम | सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा | बेपत्ता पारिएका व्यक्तिहरूको २३ बर्ष पछि बाध्यात्मक अन्तिम संस्कार | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाेली बर्दिया आगमन हुने, पर्सि विभिन्न स्थानमा जनसम्बोधन |

बर्दियामा पत्रकारहरुको होली मिलन कार्यक्रम सम्पन्न
बर्दियामा पत्रकारहरुको होली मिलन कार्यक्रम सम्पन्न

Rato Pen 103+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

होमेन्द्र थापा, 

बर्दियामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाद्वारा आयोजित होली मिलन कार्यक्रममा पत्रकारहरुले शुभकामना आदान प्रदान गर्दै रंगहरूको पर्व उल्लासपूर्वक मनाएका छन्। गुलरिया नगरपालिका–६ स्थित राधाकृष्ण चोकमा पत्रकारहरू सामूहिक रूपमा भेला भई एकआपसमा टिका लगाई, मिठाई बाँड्दै तथा शुभकामना साटासाट गर्दै होली पर्व मनाएका हुन्।

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले पत्रकारहरू अहोरात्र समाचार संकलनमा व्यस्त रहने भएकाले यस्ता कार्यक्रमले व्यक्तिगत तथा सामूहिक जीवनमा सौहार्दता बढाउने बताएका छन्। उनले भने, "रंगको पर्व होलीले भाइचाराको सम्बन्ध स्थापित गर्छ।"

होली मिलन कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद संजय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार खनाल, सशस्त्र प्रहरी उपरीक्षक, ट्राफिक प्रमुख, निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव भेषराज पौडेल, नागरिक समाज सञ्जालकी संयोजक हिमा सुनार लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आयोजकको तर्फबाट नेपाल पत्रकार महासंघका उपाध्यक्ष डिल प्रकाश गौतमले सहभागीहरूलाई स्वागत मन्तव्य दिँदै होलीको शुभकामना व्यक्त गरेका थिए। सहभागीहरूले होली पर्वले एकता, सद्भाव र आपसी खुशी साटासाट गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार