मुख्य समाचार
बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु |

रैथाने कालानमक धानको खेती विस्तार हुँदै
रैथाने कालानमक धानको खेती विस्तार हुँदै

Rato Pen 331+ समाचार ( )
२३ असार २०८२, मङ्गलबार

होमेन्द्र थापा, बर्दिया
बर्दियाको ठाकुरबाबा नगरपालिकामा रैथाने बास्नादार धान जात ‘कालानमक’ को खेती विस्तार हुँदै गएको छ। स्वादिलो, सुगन्धित र अन्य धानको तुलनामा उच्च मूल्य पाइने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन्।

विशेषगरी थारू समुदायमा पाहुना सत्कारका लागि प्रयोग हुने कालानमक धान लोपोन्मुख अवस्थामा पुगेपछि नगरपालिकाले यसको संरक्षण र प्रवर्द्धनको अभियान सुरु गरेको हो। गत वर्ष ४ विघामा मात्रै खेती गरिएको कालानमक धान यस वर्ष दोब्बर वृद्धि भई करिब ८ विघा क्षेत्रमा फैलिएको छ। कृषि शाखा प्रमुख ध्रुवराज बमका अनुसार आगामी वर्ष यस क्षेत्र अझै बढ्ने अपेक्षा गरिएको छ।

लोपोन्मुख जातको यो धानको बीउ ठाकुरबाबा नगरपालिकाले आफैं उत्पादन गरी सहकारीमार्फत किसानहरूलाई वितरण गरेको थियो। कालानमक बीउ उत्पादनका लागि मात्र ३.५ विघा क्षेत्रफलमा छुट्टै खेती गरिएको छ। नगरप्रमुख तिलकराम लम्सालले पनि यसको प्रवर्द्धनका लागि दुई विघा क्षेत्रमा बीउ उत्पादन सुरु गर्नु भएको छ। साथै, जिल्लाका विभिन्न पालिकासँगै छिमेकी जिल्लाका किसानहरूले समेत यस जातको बीउ लगाएका छन् भन्ने जानकारी सिंहबाहिनी शिवशक्ति कृषक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष युवराज शर्माले दिनुभयो।

गत वर्ष मात्र १५ क्विन्टल उच्च गुणस्तरको कालानमक बीउ उत्पादन गरी वितरण गरिएको थियो। वडा नं. ५ का किसान जीवनराज बंसीका अनुसार, कालानमक धान पाक्न ढिलो हुने, बढी पानी चाहिने र उत्पादन केही कम हुने भए पनि यसको बजार मूल्य उच्च भएकाले किसानलाई लाभदायक भइरहेको छ। उहाँले यस वर्ष आफ्नै १० कट्ठा जमिनमा कालानमक धान लगाउनु भएको छ।

कालानमक धानबाट ‘ठाकुरबाबा’ ब्रान्डको चामल उत्पादन गरी गत वर्ष बजारमा बिक्री गरिएको थियो। सहकारीमार्फत किसानबाट करिब ३० क्विन्टल धान खरिद गरिएको थियो। हाल सो चामल प्रतिकिलो १७० रुपैयाँमा बिक्री भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार