मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

बर्दियामा राष्ट्रिय सूचना दिवसमा सूचना अधिकारी र सञ्चारकर्मीबीच अन्तरक्रिया
बर्दियामा राष्ट्रिय सूचना दिवसमा सूचना अधिकारी र सञ्चारकर्मीबीच अन्तरक्रिया

Rato Pen 305+ समाचार ( )
३ भाद्र २०८२, बुधवार

होमेन्द्र थापा, बर्दिया

राष्ट्रिय सूचना दिवसको अवसरमा बर्दियामा सूचना अधिकारीहरुको बैठक तथा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको संविधानको धारा २७ बमोजिम जारी सूचना ऐन, २०६४ कार्यान्वयनमा आएको दिनका अवसरमा भदौ ३ गते मंगलवार कार्यक्रम आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना माग भएबमोजिम समयमा उपलब्ध गराउने, सम्भव भएसम्म इमेलमार्फत पठाउने तथा कार्यालयको वेबसाइट वा सामाजिक सञ्जालमा समयमै प्रकाशन गर्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा प्रजिअ पौडेलले सूचना माग्नु पत्रकार मात्रको विषय नभई नागरिकको नैसर्गिक अधिकार भएको भन्दै सार्वजनिक निकायका कर्मचारीहरुलाई पत्रकारको कुरा उपेक्षा नगर्न आग्रह गरे । उनले “सूचना माग्नु नागरिकको हितका लागि हो” भन्दै समयमै सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अधिकृत विमल गुरुङले कार्यालयको वार्षिक प्रगतिबारे जानकारी गराउँदै आर्थिक वर्ष २०८१/०८२ मा २७ हजार ३३७ नागरिकता वितरण गरिएको बताए । तीमध्ये १२ हजार ७५० नयाँ नागरिकता, १२५ वैवाहिक अंगीकृत नागरिकता र १४ हजार ४६२ प्रतिलिपि नागरिकता रहेको उनले बताए । प्रतिवेदनअनुसार नयाँ नागरिकताको भन्दा प्रतिलिपि नागरिकताको संख्या बढी रहेको उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका सूचना अधिकारीहरुको सहभागिता थियो । उनीहरुले आफ्ना कार्यालयले गरेको वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।

नेपालको संविधानको धारा २७ बमोजिम जारी सूचना ऐन, २०६४ कार्यान्वयनमा आएको दिनलाई प्रत्येक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना दिवसका रूपमा मनाइँदै आएको छ । नागरिकलाई प्राप्त अधिकारहरुमध्ये सूचना पाउने हक अत्यन्त महत्वपूर्ण रहेको र यसको प्रयोग दिनानुदिन बढ्दो अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार