मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

ठाकुरबाबा नगरपालिकामा ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रयोगमा कडाइ
ठाकुरबाबा नगरपालिकामा ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रयोगमा कडाइ

Rato Pen 327+ समाचार ( )
२६ श्रावण २०८२, सोमबार

बर्दिया ,

ठाकुरबाबा नगरपालिका, बर्दियाले ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्तो प्लास्टिक मानव स्वास्थ्य र वातावरणका लागि हानिकारक भएकाले यसको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग पूर्णरूपमा निषेध गरिएको जनाएको हो।

नगरपालिकाको सूचनामा उल्लेख भएअनुसार, प्लास्टिकको प्रयोगले वातावरणीय प्रदूषण मात्र होइन, मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्दै आएको छ। यस्तो प्लास्टिकले माटो, पानी र हावामा प्रदूषण बढाउने, जैविक विघटनमा अवरोध पुर्‍याउने तथा जनावर, चराचुरुङ्गी र जलचरहरूको जीवनमा खतरा उत्पन्न गर्ने तथ्यलाई उद्धृत गरिएको छ।

नेपाल सरकारको निर्णयअनुसार २०७८ भाद्र १ गतेदेखि नै ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाइए पनि यसको कार्यान्वयन प्रभावकारी नभएकाले नगरपालिकाले पुनः कडाइका साथ लागू गर्ने तयारी गरेको हो। यस अन्तर्गत प्लास्टिकका पोलिथिन, कप, फूल, सजावटी सामग्री, फाइल कभर, स्ट्रिप तथा मिठाई प्याकेज जस्ता वस्तुहरू नगर क्षेत्रमा प्रयोग गर्न, उत्पादन गर्न वा भित्र्याउन पाइने छैन।

नगरपालिकाले आम नागरिकलाई यस प्रतिबन्धको पालना गर्न अनुरोध गर्दै उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, पालिकाद्वारा उत्पादन गरिएका दुना टपरी तथा प्लास्टिकको विकल्पका रूपमा कपडा वा अन्य वातावरणमैत्री सामग्रीको प्रयोग गर्न आह्वान गरिएको छ।

यस निर्णयलाई प्रभावकारी बनाउन नगरपालिकाले १५ दिनभित्र आवश्यक जानकारी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार