मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियामा विद्यालयहरू क्रमशः तीन तारा घोषणा, कुसमा देवी आधारभूत सातौँ तीन तारा विद्यालय
बारबर्दियामा विद्यालयहरू क्रमशः तीन तारा घोषणा, कुसमा देवी आधारभूत सातौँ तीन तारा विद्यालय

Rato Pen 357+ समाचार ( )
१० पौष २०८२, शुक्रबार

बारबर्दिया नगरपालिका भित्रका विद्यालयहरू धमाधम तीन तारा घोषणामा उत्रिन थालेका छन्। सोही क्रममा बारबर्दिया नगरपालिका–४ रानीपुर घोरपिट्टा स्थित कुसमा देवी आधारभूत विद्यालयलाई बारबर्दियाको सातौँ तीन तारा विद्यालयको रूपमा घोषणा गरिएको हो। यसअघि नगरका ६ वटा विद्यालय तीन तारा प्राप्त गरिसकेका छन्।

युके एडको आर्थिक सहयोग, नेपाल प्रजनन् स्याहार केन्द्र तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा वाटर एड नेपाल र बेस बर्दियाको साझेदारीमा सञ्चालित ‘वास गेन परियोजना’ अन्तर्गतका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनसँगै विद्यालयहरूले तीन तारे प्रमाणीकरण प्राप्त गर्दै आएका छन्।

घोषणाक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले विद्यालयले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि अन्तर्गत १० वटै सूचकमा ३–३ तारा प्राप्त गरेपछि औपचारिक घोषणा गरिएको जानकारी दिनु भयो। कार्यक्रममा विद्यालयलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ।
नगरप्रमुख थारुले नगरका सबै ३९ विद्यालयहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यान्वयनमा जोड दिइएको उल्लेख गर्दै तीन तारा प्राप्त विद्यालयहरूले निरन्तरता र दिगोपनामा ध्यान दिन आग्रह गर्नु भयाे ।
"शिक्षामा नगरको ४० प्रतिशत बजेट खर्च भइरहेको छ। विद्यालयमा गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ," उहाँले भन्नु भयो। कार्यविधि पालना नगर्ने भएमा आवश्यक कारबाहीबाट पालिका पछि नहट्ने चेतावनी पनि उहाँले दिनु भयो। बालबालिका भविष्यका मात्र होइन, वर्तमानका साझेदार भएकाले उनीहरूको हितमा कसैले खेलवाड नगर्ने वातावरण सुनिश्चित गरिने बताउँदै उहाँले विद्यालयलाई बधाई ज्ञापन गर्नु भयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले स्वच्छतामा प्राप्त तीन ताराजस्तै शैक्षिक गुणस्तर, अतिरिक्त गतिविधि तथा नेतृत्व क्षमतामा पनि विद्यालयलाई तीन तारा बनाउने लक्ष्य राख्दै शुभकामना व्यक्त गर्नु भयो।
"विद्यार्थीले बोकेको झोलामा भविष्यका सपना छन्। ती साकार पार्न  विद्यालयका समिति, शिक्षक र अभिभावक एकजुट हुनुपर्छ," उहाँले भन्नु भयाे । 

त्यसैगरी वडा नं. ४ का अध्यक्ष सिताराम योगीले विद्यालय तीन तारा घोषणासँगै समाजमा विद्यमान बालविवाहजस्ता विकृति–विसंगति हटाउने अभियानसँग जोडिनुपर्ने धारणा राख्नु भयो "विद्यालयलाई तीन तारा बनाउन जतिसुकै एकताको साथ काम भयो, समाजका हानिकारक अभ्यास हटाउन पनि त्यस्तै एकता आवश्यक छ," उहाँले जोड दिनु भयो।

कार्यक्रमका वक्ताहरूले विद्यालय विकासमा विभिन्न संस्था तथा व्यक्तिको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नु भयो । वास गेन परियोजनाले विद्यालयलाई तीन तारा बनाउने अभियनमा ठूलो भूमिका खेलेको बताउनु भयो।
विद्यालयका प्रधानाध्यापक रामप्रकाश थारुले विगतदेखि हालसम्म विद्यालयले गरेको प्रयास तथा उपलब्धिहरूबारे जानकारी दिनु भयाे ।

कार्यक्रममा तीन तारा घोषणा प्रक्रियामा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। अतिथि तथा सरोकारवालालाई मायाको चिनो प्रदान गरिएको थियो। विद्यार्थी तथा शिक्षकले नृत्य–गीत प्रस्तुत गरिएका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख, स्थानीय बुद्धिजीवी कृष्णप्रसाद पोखरेल, जगन्नाथ कडेललगायत विद्यार्थी अभिभावको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार