मुख्य समाचार
ठाकुरबाबामा युवा संजालको साझा योजना विषयक अन्तरक्रिया सम्पन्न | कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न | बारबर्दिया नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा दोस्रो स्थान | ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा | बारबर्दिया १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषित | नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न | बारबर्दिया–१ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै | बर्दियामा बेपत्ता दिवस : आयोगसँग छलफल, सडकमा र्याली र पालिकाभरि दीप प्रज्वलन | दाङपुर मध्यवर्ती वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन | बारबर्दियामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ्ग घरदैलो कार्यक्रम सुरु |

ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा
ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा

Rato Pen 198+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

बारबर्दिया, बर्दिया
बारबर्दिया नगरपालिका–९ ढकैला गाउँमा ढकैला शहरी स्वास्थ्य क्लिनिकको शुभारम्भ गरिएको छ। आइतबारदेखि सेवा सुरु भएको यो क्लिनिक गाँउमा सहजपहुच स्वास्थ्य सेवा पुर्याउनका लागि सञ्चालनमा ल्याइएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा पर्ने ढकैला गाउँ राजमार्गदेखि करिब चार किलोमिटर टाढा रहेको छ। यसअघि स्वास्थ्य सेवा लिनका लागि स्थानीयवासीले जंगल पार गर्दै पाँचदेखि छ किलोमिटर दूरी हिँड्नुपर्ने बाध्यता थियो। स्थानीय जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले बारबर्दिया नगरपालिका र वडा कार्यालयको पहलमा क्लिनिक सञ्चालनमा ल्याइएको हो।

क्लिनिक सञ्चालनसँगै स्थानीयवासीहरू उत्साहित भएका छन्। उनीहरूले आफ्नै गाउँमा आधारभूत स्वास्थ्य सेवा पाउने अवसर मिलेकोमा खुसी व्यक्त गरेका छन्।

क्लिनिक सञ्चालनका लागि करिब ३७ लाख रुपैयाँ लागतमा नयाँ भवन निर्माण गरिएको हो। स्व. दमन ध्वज क्षेत्रीको सम्झनामा उनकी श्रीमती सपना क्षेत्री र उहाँका छोराहरूले १६९.३१ वर्गमिटर जग्गा दान गर्नु भएको छ। उक्त जग्गादाता र समयमै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई कार्यक्रममा सम्मान गरिएको थियो।

उद्घाटन कार्यक्रममा बारबर्दिया नगरप्रमुख छबिलाल थारूले ढकैलाबासीहरूको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन क्लिनिकको स्थापना गरिएको बताउनुभयो। उहाँले “स्वास्थ्य सबैको अधिकार हो, यो अधिकार सुनिश्चित गर्न यस क्लिनिकले ठूलो योगदान पुर्‍याउनेछ,” भन्दै क्लिनिकले उपचारसँगै स्वास्थ्य सचेतनामूलक गतिविधि सञ्चालन गर्ने जानकारी दिनुभयो। नगरप्रमुख थारूले बारबर्दिया नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै रोग लागेको उपचारभन्दा रोग लाग्न नदिने उपायहरूमा ध्यान दिन आग्रह गर्नुभयो।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले नसर्ने रोगहरू बढ्दै गएकाले जीवनशैलीमा सुधार र सचेतनामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले बालबालिकामा कुपोषण, किशोरीहरूमा रक्तअल्पता, र बालविवाहका कारण विकासका सूचकहरूमा नकारात्मक असर परेको भन्दै सबै पक्ष एकजुट भएर सुधारका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो।

बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले ढकैलाबासीहरूका लागि लक्षित गरी क्लिनिक सञ्चालनमा ल्याइएको बताउनुभयो। हाल स्थायी दरबन्दी नभए पनि पालिकाले अस्थायी रूपमा सेवा सञ्चालन गरेको र आगामी दिनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने जानकारी दिनुभयो।

कार्यक्रम वडा नं. ९ का अध्यक्ष देवेन्द्र कुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगरप्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष सिताराम योगी, सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार