मुख्य समाचार
रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप |

ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा
ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा

Rato Pen 348+ समाचार ( )
२५ अशोज २०८२, आइतबार

बारबर्दिया, बर्दिया
बारबर्दिया नगरपालिका–९ ढकैला गाउँमा ढकैला शहरी स्वास्थ्य क्लिनिकको शुभारम्भ गरिएको छ। आइतबारदेखि सेवा सुरु भएको यो क्लिनिक गाँउमा सहजपहुच स्वास्थ्य सेवा पुर्याउनका लागि सञ्चालनमा ल्याइएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा पर्ने ढकैला गाउँ राजमार्गदेखि करिब चार किलोमिटर टाढा रहेको छ। यसअघि स्वास्थ्य सेवा लिनका लागि स्थानीयवासीले जंगल पार गर्दै पाँचदेखि छ किलोमिटर दूरी हिँड्नुपर्ने बाध्यता थियो। स्थानीय जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले बारबर्दिया नगरपालिका र वडा कार्यालयको पहलमा क्लिनिक सञ्चालनमा ल्याइएको हो।

क्लिनिक सञ्चालनसँगै स्थानीयवासीहरू उत्साहित भएका छन्। उनीहरूले आफ्नै गाउँमा आधारभूत स्वास्थ्य सेवा पाउने अवसर मिलेकोमा खुसी व्यक्त गरेका छन्।

क्लिनिक सञ्चालनका लागि करिब ३७ लाख रुपैयाँ लागतमा नयाँ भवन निर्माण गरिएको हो। स्व. दमन ध्वज क्षेत्रीको सम्झनामा उनकी श्रीमती सपना क्षेत्री र उहाँका छोराहरूले १६९.३१ वर्गमिटर जग्गा दान गर्नु भएको छ। उक्त जग्गादाता र समयमै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई कार्यक्रममा सम्मान गरिएको थियो।

उद्घाटन कार्यक्रममा बारबर्दिया नगरप्रमुख छबिलाल थारूले ढकैलाबासीहरूको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन क्लिनिकको स्थापना गरिएको बताउनुभयो। उहाँले “स्वास्थ्य सबैको अधिकार हो, यो अधिकार सुनिश्चित गर्न यस क्लिनिकले ठूलो योगदान पुर्‍याउनेछ,” भन्दै क्लिनिकले उपचारसँगै स्वास्थ्य सचेतनामूलक गतिविधि सञ्चालन गर्ने जानकारी दिनुभयो। नगरप्रमुख थारूले बारबर्दिया नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै रोग लागेको उपचारभन्दा रोग लाग्न नदिने उपायहरूमा ध्यान दिन आग्रह गर्नुभयो।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले नसर्ने रोगहरू बढ्दै गएकाले जीवनशैलीमा सुधार र सचेतनामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले बालबालिकामा कुपोषण, किशोरीहरूमा रक्तअल्पता, र बालविवाहका कारण विकासका सूचकहरूमा नकारात्मक असर परेको भन्दै सबै पक्ष एकजुट भएर सुधारका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो।

बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले ढकैलाबासीहरूका लागि लक्षित गरी क्लिनिक सञ्चालनमा ल्याइएको बताउनुभयो। हाल स्थायी दरबन्दी नभए पनि पालिकाले अस्थायी रूपमा सेवा सञ्चालन गरेको र आगामी दिनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने जानकारी दिनुभयो।

कार्यक्रम वडा नं. ९ का अध्यक्ष देवेन्द्र कुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगरप्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष सिताराम योगी, सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार