मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

प्रभातफेरी सम्पन्न — लैङ्गिक हिंसा अन्त्यका लागि सामूहिक प्रतिवद्धता
प्रभातफेरी सम्पन्न — लैङ्गिक हिंसा अन्त्यका लागि सामूहिक प्रतिवद्धता

Rato Pen 357+ समाचार ( )
९ मंगशिर २०८२, बुधवार

मधुवन, बर्दिया।
प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ ! हिंसामुक्त समाज निर्माणमा क्रियाशील बनौँ !!” भन्ने मुख्य नारासहित मधुवन नगरपालिकाले आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा संस्थागत विद्यालयतर्फ न्यू ल्याण्ड एकेडेमी स्कुल, अरनिको इंगलिश मिडियम स्कुल, जि.जि.एन. इंगलिश मिडियम स्कुल तथा सामुदायिक विद्यालयतर्फ शिव–दुर्गा माध्यमिक विद्यालयलगायतका छात्र–छात्रा, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्था तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हातमा प्लेकार्ड बोकेर हिंसामुक्त समाज निर्माणका लागि सचेतना फैलाउँदै नगरका विभिन्न सडक परिक्रमा गरेका थिए।

प्रभातफेरीले प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोग, महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक पर्ने र सकारात्मक सामाजिक परिवर्तनका लागि सबै तहका समुदाय सक्रिय हुनुपर्ने सन्देश दिएको आयोजकले जनाएको छ।

कार्यक्रम नगरपालिकाको कार्यालय प्राङ्गणबाट सुरु भई लालिबजारस्थित भक्ती थापा चोकमा सम्पन्न भयो। कार्यक्रममा महिला विकास शाखा प्रमुख इन्दिरा चुनारा, मधुवन नगरपालिकाका कानुनी सल्लाहकार लक्ष्मी नेपाल, नेपाअका नेता हरिहर चौधरी, नगर उपप्रमुख अनिता चौधरीलगायतका वक्ताहरूले लैङ्गिक हिंसा अन्त्यका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रमको सञ्चालन वडा सचिव शोभा शर्माले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार