बारबर्दिया,
बारबर्दिया नगरपालिकाको वडा नम्बर ७ लाई यहि मंशिर महिनाको मसान्त सम्ममा बाल विवाह मुक्त घोषणा गर्ने भएको छ । वडा नम्बर ७ रहेको भानुभक्त मावि सिउनीया बाल विवाह रोकथाम तथा लागु औषध दुब्र्यसनी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा घोषणा गर्ने निर्णय गरीएको हो ।
कार्यक्रममा बाल विवाह मुक्त घोषणाका लागि नगरपालिकालाई अनुगमनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । अनुगमन गरे लगत्तै घोषणा गर्ने भएको हो । वडा नम्बर ७ स्थित राजनीतिक दल, सामुदायिक बनका पदाधिकारी, बिभिन्न संञ्जालका प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका, शिक्षक विद्यार्थी संघ संस्थाका प्रतिनिधि, प्रहरीहरु भएको अन्तरक्रिया कार्यक्रममा बाल विवाह मुक्त घोषणा गर्ने मापदण्ड पुरा भएको भन्दै घोषणा गर्ने निर्णय गरेको छ ।
बारबर्दिया नगरपालिका वडा नम्बर ७ को आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित बालिका सशक्त परियोजना अन्तरगत बाल विवाह रोकथाम तथा लागु औषध दुब्र्यसनी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाल विवाह रोकथामका लागि सबैले आआफ्नो तह र तप्काबाट काम गर्नु पर्ने बताउनु भएको छ ।
वडा नम्बर ७ का वडा अध्यक्ष ईन्दप्रसाद थारुले वडा नम्बर ७ले बाल विवाह न्युनिकरण गर्नका लागि बनेको कार्यविधि अनुसार बाल विवाह मुक्त घोषणाका लागि सबै आधारहरु पुरा गरेको बताउनु भएको छ । जसरी अहिले सबै सरोकारवालाहरुले सहयोग गर्दै आउनु भएको छ । त्यसरी नै दिगोपनाका लागि सहयोग गर्दै आउनु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा भानुभक्त माध्यमिक विद्यालय सिउनीयाका प्रधानाध्यापक करबहादुर बस्नेतले वाल विवाह रोकथामका लागि कानुन कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भएको छ । बाल विवाह समुदायमा भएपनि कानुनी प्रक्रियामा आउन नसक्नु नै बाल विवाहलाई प्रश्रय दिनु सरह भएको बताउनु भएको छ । यसमा सम्बन्धीत निकाय जिम्मेवार हुनु पर्ने बताउनु भएको छ ।
ईलाका प्रहरी कार्यालय जयनगरका असय गंगाबहादुर बिष्टले बाल विवाहलाई मिलापत्रमा नछोड्ने कानुनी दायरामा ल्याउने बताउनु भएको छ । कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित बालिका सशक्त परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलले दिगोपनाका लागि काम गर्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा बि ग्रुपका प्राविधिक संयोजक जयलाल विश्वकर्माले बारबर्दियाको बाल विवाह सम्बन्धी तथ्याँक प्रस्तुत गर्नु भएको छ । वडा नम्बर ७को १५ प्रतिशत मात्र बाल विवाह भएकोले बारबर्दियाको कार्यविधिले बाल विवाह मुक्त घोषणाका लागि बाटो खुलेको बताउनु भएको छ । संस्थाले गर्न सक्ने सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
कार्यक्रममा सहभागिहरुले सबैले आफ्नो क्षेत्रमा बाल विवाह र लागुऔषध दुरब्यसनी रोकथामका लागि एकजुट गएर सामाजिक बहिस्कार गर्दै न्युनिकरण गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।