मुख्य समाचार
ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २७ औँ बार्षिक साधारणसभा सम्पन्न | बारबर्दियामा रक्त संकलन केन्द्र स्थापना, लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारुद्वारा उद्घाटन । | शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन संचारकर्मीको भुमिका अहम | बारबर्दियामा काक्तिक १३ गते रक्तसंचार केन्द्रको शुभारम्भ हुदै | ‘द्वन्द्व पीडितको तत्कालीन र दिर्घकालीन आवश्यकता पहिचानले प्राथमिकिकरण गर्दै सम्बोधनका लागि योजना बनाउन आधार तयार हुने अपेक्षा गरेका छौं’– नगर प्रमुख तेजबहादुर भाट | बासगढीमा स्थानीय रोजगार रणनीति निर्माणका लागि प्रथम युवा सम्मेलन | बारबर्दिया नगर अस्पतालमा रक्त संचार केन्द्र स्थापना गर्न अन्तिम तयारीमा | बेपत्ता पारिएका ब्यक्तिहरुको स्मृतिमा दिपप्रज्वलन | बारबर्दियाका किसानहरुसंग जैविक क्याप्सुलको फाईदाको बिषयमा अन्तरक्रिया | नदी तथा खोलामा उच्च सर्तकता अपनाउन जिल्ला विपद् ब्यबस्थापन समितिको अनुरोध |

ढल्केजोवन खसी कप फुटबलको उपाधि वडा नम्बर १ लाई

Rato Pen 1+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

- राजु गौतम 

लेटाङ । लेटाङमा सम्पन्न वडास्तरीय ढल्केजोवन खसी कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । आज भएको फाइनल खेलमा वडा नं २ लाई सडनडेथमा ४–३ ले पराजित गर्दै वडा नं १ ले ढल्केजोवन खसी कपको उपाधि जितेको हो ।

शनिबार सुकेचौरी खेलमैदानमा सम्पन्न फाइनल खेलको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेले पछि भएको टाइब्रेकर समेत बराबरी भएपछि खेल सडनडेथमा पुगेको हो । 

पहिलो पटक ठूलो प्रतियोगिताको विजेता बनेको वडा नं १ ले उपाधि स्वरुप खसी प्राप्त गर्न सफल भएको छ भने उपविजेता वडा नं २ ले सान्त्वना स्वरुप बोका प्राप्त गरेको छ । विजेता तथा उपविजेता टिमहरूलाई प्रमुख अतिथि लेटाङ पूर्व नगर प्रमुख तथा पूर्व राष्ट्रिय खेलाडी शंकर राई, पूर्व लेटाङ गाउँ पञ्चायत अध्यक्ष निरविक्रम किराँती लगायतका अतिथिहरूले पुरस्कार वितरण गर्नुभया ।

 वडादशैंको उपलक्ष्यमा सुकेचौरी खेलमैदान संरक्षण समितिको आयोजनामा असोज २८ गतेबाट शुरु प्रतियोगितामा लेटाङका नौ वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगितामा ३० वर्ष भन्दा बढी उमेरका खेलाडीले मात्र सहभागिता जनाएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार