मुख्य समाचार
तरबुजा बेच्न व्यस्त बबई नदी किनारका किसान | बारबर्दियामा विद्यार्थी भर्ना अभियानमा घरदैलो गर्दै | वाईसीएल नेपाल बर्दियाको तेस्रो अधिवेशन सम्पन्न, शक्तिबहादुर बस्नेतद्वारा संगठनलाई पुनः सक्रिय बनाउन आह्वान | विद्यार्थी भर्ना अभियान अन्तर्गत जनसेवा मा.वि., बैदीमा घरदैलो कार्यक्रम सम्पन्न | बर्दियामा २२ किलो अफिमसहित दुई जना पक्राउ | मधुवन–८ बाल विवाहमुक्त घोषणा, अन्य वडाहरू पनि तयारीमा | कृषि तथा पशुपंछी कार्यक्रम तर्जुमा गर्न सरोकारवालासँग छलफल | | बर्दियाका पशु हाट बजार सुनसान, चौपाया व्यापार धराशायी | किशोर यौन तथा प्रजनन स्वास्थ्यबारे सहकर्मी शिक्षक तालिम |

कञ्चनरूप पडेरमाराका अग्निीपीडितलाई गृहमन्त्री लेखीले गरे आर्थिक सहयोग

Rato Pen 117+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

राजविराज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीको कञ्चनरूप नगरपालिका पडेरमाराका अग्निपीडितलाई आर्थिक सहयोग गरेका छन् ।
आगलागीबाट सर्वस्व गुमाएका १६ अग्निपीडित परिवारलाई प्रतिपरिवार १० हजारको दरले शुक्रबार पडेमारा टोलमै पुगेर मन्त्री लेखीले आर्थिक सहयोग गरेका हुन्  ।
आर्थिक सहयोग गर्ने कार्यक्रमका एमाले नेता सुमनराज प्याकुरेल, प्रदेश सदस्य एवम् कञ्चनरूप नगरपालिकाका पूर्व मेयर वसन्त मिश्र लगायतका स्थानीय जनप्रतिनिधिहरू विभिन्न पार्टीका नेताकार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो ।
आइतबार दिउँसो भएको आगलागीमा १६ परिवारको २४ घर जलेर खरानी भएको थियो भने  आगलागीमा लालमोहन सरदारको ४ वटा  ,बिजुली सरदारको ओटा , आशा सरदार , लालबहादुर सरदार , सुधीर सरदार , बिर बहादुर सरदार , श्यामबहादुर  सरदार , रामबहादुर सरदार , बुटु सरदार को दुई वटा र त्रिभुवन सरदार , करण चौधरी , समुन्द्री सरदारको एक एक वटा  गरि २४ वटा घर  जलेका थिए । 
आगलागीमा २४ वटा घर, गोठ टहरा, अन्नपात, लत्ताकपडा, फर्निचर, ग्यास चुल्हो, सिलिन्डर, बाख्रा, बाख्रा पाठो, विद्युतीय सामाग्री सहित दैनिक उपभोग्य बस्तुहरू जल्दा २५ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
अग्निपीडितहरू त्रिपाल मुनि र आफन्तको घरमा शरण लिएर बस्दै आएको स्थानीयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार