मुख्य समाचार
बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता |

लागूपदार्थ दुर्व्यसन नियन्त्रण गर्न लेटाङ प्रहरीको सक्रियता, प्रतिवन्धित औषधिसहित १ पक्राउ

Rato Pen 1+ समाचार ( )
१७ असार २०८०, आइतबार

मोरङ । मोरङको लेटाङ नगरपालिकामा प्रहरीले लागूपदार्थ दुर्व्यसन  नियन्त्रणका लागि विशेष सक्रियता बढाएपछि संलग्नहरु पक्राउ पर्न थालेका छन् । शनिबार मात्र इलाका प्रहरी कार्यालय लेटाङले लागुपदार्थसँग मिसाएर प्रयोग गरिने प्रतिवन्धित औषधिसहित संलग्न १ व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीको विशेष टोलीले लेटाङ नगरपालिका–३ का २ ठाउँबाट प्रतिबन्धित औषधि बरामद गर्नुका साथै एक व्यक्तिलाई पक्राउ गरेको हो ।

बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर संचय गरि घरमा राख्ने लेटाङ–३ का तेजनकुमार राईलाई प्रतिवन्धित औषधिसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले जनाएको छ । राईको घरमा खानतलासी गर्दा संचय गरेर राखिएको ट्रामाडोल २ सय ६६ चक्की र स्पासपेन १ सय ८० चक्की बरामद गरिएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक थपलियाले जानकारी दिनुभयो । अवैध प्रतिबन्धित औषधि लुकाएर राखेको विशेष सूचनाका आधारमा लेटाङ प्रहरीले बिहान ७ बजेतिर राईको घरमा छापा मारेको थियो । 

यसैग्रि लेटाङ–३ का श्यामकुमार लिम्बूको घरबाट पनि प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ । प्रहरीका अनुसार घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा ट्रामाडोल २ सय चक्की र स्पासपेन ५ सय ३२ चक्की बरामद गरिएको हो । लिम्बू भने घरमा नभेटिएकाले उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । 

प्रतिबन्धित औषधि मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । लागूऔषधका दुर्व्यसनीले ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लागाएको हो । गाउँघरमा लागूऔषधको कारोबार र दुव्र्यसनी बढेसँगै नियन्त्रणमा लिन लेटाङ प्रहरीले विशेष अप्रेशन चलाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार