मुख्य समाचार
गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता |

आज विश्वकर्मा पूजा गरिंदै, को हुन् विश्वकर्मा बाबा ?

Rato Pen 1+ समाचार ( )
१ अशोज २०८०, सोमबार

मोरङ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा गर्ने दिन । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन खासगरि नेपाल तथा भारतमा विश्वकर्मा पूजा गर्ने गरिन्छ । आजका दिन सवारी तथा मेसिनरी सामानहरुको पूजा गर्नुका साथै विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाउने चलन छ ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीर स्थापना गरि विधिपूर्वक आराधना गरी पूजा गर्ने चलन छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । 

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । 

विश्वकर्मा बाबालाई देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता मानिन्छ ।

शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन्, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन् । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप भारत र नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरुमा सजिसजाउ अनि झकिझकाउ गरि पूजा गर्ने गरिन्छ । 

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन् ।

आजै वास्तु दिवस

  विश्वकर्मा पुजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्विय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ ।

वास्तुविधा पनि एउटा प्राचिनतम बिज्ञान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार