मुख्य समाचार
बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु |

भुटानी शरणार्थी मुद्दामा नेताहरूको नाम जोडिँदा पार्टीको गरिमामा आँच पुग्योः शेखर कोइराला

Rato Pen 1+ समाचार ( )
३ जेठ २०८०, बुधवार

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरूको नाम जोडिँदा पार्टीको गरिमामा आँच आएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै काइरालाले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्न नहुने बताए ।

कांग्रेसका नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिँदा पार्टीको गरिमामा आँच आएको उनको भनाइ छ । शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती रहेको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसभित्र अहिले जुन घटनाहरू भइरहेको छ, हाम्रै साथीहरू नक्कली भुटानी शरणार्थीको मुद्दामा फस्नुभएको छ, फसाइएको छ, त्यसले नेपाली कांग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ,’ कोइरालाले भने, ‘यति लज्जास्पद र राष्ट्रघाती काम भएको छ देशमा, यसलाई कुनै ढाकछोप गर्नु हुँदैन ।’

कुनै बाहनामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने कोइरालाको भनाइ छ । देशका नागरिकलाई अनागरिक बनाइ मानव बेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको उनको भनाइ छ ।

‘यो विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ, सहजै यो मुद्दा चलिरहेको छैन, नेपाली प्रहरीलाई यत्रो तागत त्यसै आइरहेको छैन, कुनै बहानामा कसैले कुनै किसिमको गलत काम गरेको भए दण्ड हुनैपर्छ,’ कोइरालाले भने, ‘देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने भनेको त यो भन्दा लज्जास्पद कुरा के हुनसक्छ ।’

देशको अर्थतन्त्र दयनीय रहेको कोइरालाको भनाइ छ । मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार