मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

लेटाङका नीजि स्वास्थ्य संस्थाहरू भोलिदेखि खुल्ने

Rato Pen 1+ समाचार ( )
३१ भाद्र २०८०, आइतबार

लेटाङ । चार दिनदेखि बन्द रहेका लेटाङ नगरपालिकामा रहेका नीजि स्वास्थ्य सँस्थाहरु भोलि सोमवारदेखि खुल्ने भएका छन् । लेटाङ नगरपालिकासँग आज आइतबार भएको छलफलका क्रममा सञ्चालकहरुले बन्द गरिएका स्वास्थ्य सँस्थाहरु खोल्ने प्रतिवद्धता जनाएका हुन् ।

लामो समयसम्म स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा बन्द हडताल गर्दा जनताको स्वास्थ्य उपचारमै समस्या देखिएको भन्दै नगरपालिकाका जनप्रतिनिधिहरुले खुल्ला गर्न आग्रह गरेपछि सञ्चालकहरु स्वास्थ्यसँस्था खोल्न सहमत भएका हुन् ।

छलफलमा नगर प्रमुख भूपेन्द्र कुमार लावती, नगर उपप्रमुख कृष्ण कुमारी निरौला, प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपाने, वडा अध्यक्षहरु तथा नीजि स्वास्थ्य संस्था तथा मेडिकल संचालकहरुको सहभनगिता रहेको थियो ।

 लेटाङ ४ स्थित बंगलीको क्लिनिक भनेर चिनिने जनप्रिय मेडीकल हलमा उपचार गराएकी स्थानीय बिनिता तामाङको उपचारको क्रममा निधन भएपछी पीडित पक्ष आन्दोलित हुँदा स्वास्थ्यसंस्था सञ्चालकहरुले असुरक्षा भएको भन्दै सेवा ठप्प पारेका थिए ।

यता पीडित पक्ष भने डाक्टरको लापरवाहीका कारण विनीताको मृत्यु भएको भन्दै दोशीलाई कारवाही नगरेसम्म अन्तिम सँस्कार नगर्ने भन्दै आन्दोलित छन् । विनिताको गत मंगलबार विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो । अघिल्लो दिन सोमबार मात्रै जनप्रिय मेडिकलले अन्यत्र लैजानु भनेर रेफर गरेको थियो ।  

यसअघि लेटाङकै दीर्घायू मेडिकलमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । मेडिकलमा उपचार गराइरहेका लेटाङ ७ का एक बालकको रेफर गरेर विराटनगर पुर्याएको भोलिपल्ट मृत्यु भएपछि स्थानीय र आफन्तले आन्दोलित भएका थिए । लेटाङमा नीजि क्लिनिकहरुमा उपचार गराएकाहरुले पटक पटक ज्यान गुमाउनु परेपछि स्थानीयबासी आक्रोशित भएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार