मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका

Rato Pen 349+ समाचार ( )
१४ भाद्र २०८३, आइतबार

बर्दिया । १६औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा आज मधुवन नगरपालिकामा अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तहरूको सम्झना गर्दै आयोजित कार्यक्रममा पीडित परिवारले आफ्ना पीडा, अपेक्षा र आवश्यकताबारे स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्।
कार्यक्रममा द्वन्द्वपीडित परिवारहरूले स्थानीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्दै स्वरोजगार, स्वास्थ्य, शिक्षा तथा सुरक्षाका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने माग गरेका थिए। वर्षौँ बितिसक्दा पनि बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा परिवारले भोगिरहेको पीडा र अनिश्चितताको अन्त्यका लागि राज्य गम्भीर बन्नुपर्ने उनीहरूको जोड थियो।
बेपत्ता आफन्तको सम्झनामा गरिएको वृक्षरोपणले उनीहरूको स्मृति र न्यायको प्रतीक्षालाई जीवन्त राख्ने प्रतीकात्मक सन्देश दिएको सहभागीहरूले बताएका थिए।
कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले द्वन्द्वपीडितका माग तथा समस्याप्रति सरकार जिम्मेवार रहेको बताउँदै पीडित परिवारका जायज माग सम्बोधन गर्न स्थानीय तहबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नगर प्रवक्ता मेकबहादुर गुरुङ, वडा अध्यक्ष हर्कबहादुर बस्नेत, वरिष्ठ लेखा अधिकृत खेमराज पोखरेल र महिला विकास अधिकृत इन्द्रा चुनारा लगायतले द्वन्द्वपीडितका सवाल, स्थानीय सरकारको भूमिका तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा आफ्ना धारणा राखेका थिए।
द्वन्द्वपीडित ज्येष्ठ सदस्य सहेली थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जयराम चौधरीले गरेका थिए।
वर्षौँदेखि जवाफको प्रतीक्षामा रहेका परिवारका लागि बेपत्ता दिवस केवल सम्झना गर्ने दिन मात्र होइन, आफन्तको अवस्था सार्वजनिक गरियोस्, न्याय सुनिश्चित होस् र पीडित परिवारले सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस् भन्ने निरन्तर खबरदारीको दिन समेत बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार