मुख्य समाचार
गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता |

शान्ति आधारभूत विद्यालय तीनतारा विद्यालय घोषणा
शान्ति आधारभूत विद्यालय तीनतारा विद्यालय घोषणा

Rato Pen 335+ समाचार ( )
६ मंगशिर २०८२, आइतबार

बारबर्दिया नगरपालिका–२ कुमरागाउँस्थित शान्ति आधारभूत विद्यालयलाई आज एक विशेष समारोहका बीच ‘तीनतारा विद्यालय’ घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले बारबर्दिया नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि–२०८१ अन्तर्गतको १० सूचक पूरा भएपछि विद्यालयलाई तीनतारा प्रमाणपत्र प्रदान गर्नुभएको हो।

मन्त्री तिमिल्सिनाले खानेपानी र सरसफाइको सुधारेसँगै विद्यालयको शैक्षिक गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य सुधार भए शैक्षिक उपलब्धि पनि सहज रूपमा बढ्ने उल्लेख गर्दै सामुदायिक विद्यालयहरू सुधार उन्मुख भइरहेको समयमा शिक्षकले आफ्नो विषय तथा कक्षा मात्र होइन, विद्यार्थीको समग्र विकासमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो। मन्त्रालयले सामाजिक तथा शैक्षिक क्षेत्रमा निरन्तर सुधारका लागि काम गरिरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले नगरपालिकाले स्वच्छ, सुरक्षित र संस्कारयुक्त विद्यालय निर्माणका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। शिक्षा क्षेत्रमा ठूलो बजेट विनियोजन गरी प्रभावकारी कार्य भइरहेको उल्लेख गर्दै पाँचौँ विद्यालयका रूपमा शान्ति आधारभूत विद्यालय तीनतारा घोषणा हुनु गौरवको विषय रहेको बताउनुभयो। तीनतारा प्राप्त भएपछि विद्यालयले यसको दिगोपनामा विशेष ध्यान दिनुपर्ने पनि उहाँको सुझाव थियो।

त्यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले घोषणा कार्यक्रम अन्तिम चरण नभएको, अब यसको निरन्तरताका लागि नियमित कार्ययोजना लागु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। घोषणा जत्तिकै यसको स्थायित्व पनि महत्वपूर्ण रहेको उहाँले बताए।

वडा नं. २ का वडाध्यक्ष रामफेरन थारुले विद्यालयलाई तीनतारा बनाउन सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै सहयोगको निरन्तरताप्रति आशा व्यक्त गर्नुभयो।

वाटर एड नेपालका प्रबन्धक उमाशंकर यादवले मन्त्री तथा नगरप्रमुखको सक्रिय उपस्थितिले कार्यक्रमप्रति ऊर्जा थपेको भन्दै संस्था आफ्नो भूमिकामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक रामकिशुन थारुले बारबर्दिया नगरपालिका, दातृनिकाय तथा परियोजना साझेदारहरूको सहयोगले विद्यालय तीनतारा घोषणा गर्न सक्षम भएको बताउनुभयो। उहाँले निरन्तर सहयोगका लागि सबैप्रति आभार व्यक्त गर्दै दिगोपनामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो।

यस कार्यक्रम युके एड र वाटर एड नेपालको आर्थिक सहयोग, राष्ट्रिय अपांग महासंघ तथा नेपाल प्रजनन स्वास्थ्य केन्द्रको प्रविधिक सहयोगमा बेस बर्दियाद्वारा सञ्चालित वासगेन परियोजनाको साझेदारीमा सम्पन्न भएको हो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर खत्रीको अध्यक्षतामा तथा शिक्षक प्रताप थारुको सञ्चालनमा सम्पन्न भएको थियो।

समारोहका दौरान तीनतारा घोषणामा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिनुको साथै विद्यार्थीहरूले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार