मुख्य समाचार
गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न | बारबर्दियामा एआई एक्स–रेद्वारा क्षयरोग खोजपड्ताल शिविर सुरु, ४८७ जनाको परीक्षण |

ट्याक्टरबाट झरेर दुई बालिकाकाे मृत्यु

Rato Pen 1+ समाचार ( )
३ जेठ २०८०, बुधवार

पाँचथरमा ट्याक्टर चढेर विद्यालय गइरहेका दुई विद्यार्थीको दुर्घटनामा मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत हिलिहाङ गाँउपालिकाकाे भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुवँरका अनुसार १३ वर्षीया पुजना सुवेदी र ९ वर्षीया गङ्गा सुवेदीको मृत्यु भएको हो । चालक सिटको छेउमा रहेका दुई विद्यार्थी ट्याक्टरबाट झरेपछि साेही ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई विद्यार्थीको मृत्यु भएपछि चालकले हाम फाल्दा ट्याक्टर दुर्घटना हुँदा ट्रलीमा बालुवामाथि बसेका अन्य दुई विद्यार्थी घाइते भएका छन् ।

घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विद्यालय जाने क्रममा ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । तीव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचालक फरार छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार