मुख्य समाचार
मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति |

द्वन्द्वपीडितको अवस्था बुझ्न बारबर्दिया र ठाकुरबाबामा अनुगमन कार्यक्रम
द्वन्द्वपीडितको अवस्था बुझ्न बारबर्दिया र ठाकुरबाबामा अनुगमन कार्यक्रम

SizTex 38+ समाचार ( )
२८ चैत्र २०८१, शनिबार

बर्दिया

बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकाका द्वन्द्वपीडित परिवारका सदस्यहरूसँग छलफल, अन्तरक्रिया तथा घरभेट कार्यक्रम गरिएको छ। स्थानीय पालिकाद्वारा स्वीस राजदूतावास र सि.एम.सी. नेपालको साझेदारीमा सञ्चालित “द्वन्द्व प्रभावितहरूको सामुदायिक समावेशीकरण, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सहयोग कार्यक्रम” अन्तर्गत संयुक्त अनुगमन कार्यक्रमको क्रममा अन्तरक्रिया तथा घरभेट कार्यक्रम सञ्चालन गरिएको हो।

अनुगमन कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अनुगमनका क्रममा उक्त परियोजनाबाट द्वन्द्व प्रभावितहरूले प्राप्त गरेका लाभहरू र अझै आवश्यक रहेका सहयोगका विषयमा छलफल गरिएको थियो। मानसिक समस्या भोगिरहनु भएका पीडित परिवारहरूले परियोजनाले राहत प्रदान गरेको अनुभव सुनाउनु भएको छ। साथै, यस्ता कार्यक्रमको निरन्तरताको आवश्यकता रहेको पनि उल्लेख गर्नुभएको छ। न्याय दिन नसकेको अवस्थामा परियोजनाले मलमपट्टीको काम गरिरहेको बताउँदै स्थानीय तथा प्रदेश सरकारहरूले यस कार्यक्रमलाई अपनत्व लिएर निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। पीडित परिवारहरूले न्यायसँगै आवश्यकता अनुसारको परिपूरणको काम पनि सरकारबाट निरन्तर सञ्चालन हुनुपर्ने माग गर्नुभएको छ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्यालाई सामाजिक समस्याका रूपमा लिई १२ वटै जिल्लामा कार्यक्रम विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सबै जनालाई स्वास्थ्य बीमामा समावेश गर्ने योजना रहेको बताउनुभयो। साथै, द्वन्द्वपीडित परिवारलाई प्राथमिकतामा राखेर नीति निर्माण प्रक्रियामा समेत अनुकूलता ल्याउने पहल भइरहेको जानकारी दिनुभयो।

संयुक्त अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयका प्रशासक ईश्वरी केसी, कन्सल्टेन्ट फिजिसियन डा. अच्युत शर्मा, सि.एम.सी. नेपालका कार्यक्रम संयोजक रश्मिता तामाङ, सि.एम.सी. नेपाल बर्दिया कार्यक्रम संयोजक तथा द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीलगायतको सहभागिता रहेको थियो। उहाँहरूले पीडित परिवारको अवस्था र समस्याबारे प्रत्यक्ष रूपमा जानकारी लिनु भएको थियो।

कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिकामा घरभेट तथा अन्तरक्रिया, र बारबर्दियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। सि.एम.सी. नेपालले सञ्चालित उक्त परियोजना बर्दियाको बारबर्दिया, ठाकुरबाबा, बाँसगढी र राजापुर नगरपालिकामा सञ्चालनमा रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार