मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बाँसगढीमा सनिबार देखि प्रथम थारु, कृषि, पर्यटन, संस्कृतिक मेला संचालन हुदै
बाँसगढीमा सनिबार देखि प्रथम थारु, कृषि, पर्यटन, संस्कृतिक मेला संचालन हुदै

Rato Pen 357+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

बाँसगढी

बाँसगढीमा प्रथम थारु कृषि, पर्यटन, संस्कृतिक मेला तथा बर्दिया माघ महोत्सव यहि पौष २७ गते देखि माघ ७ गते सम्म संचालन हुन थालेको छ । थारु कल्याणकारिणी सभा बाँसगढीको मुख्य आयोजनामा बरघर संस्था र गुरुवा बैदावा ढकेरहवा सोरहिन्या समाज बाँसगढीको सहकार्यमा माघ महोत्सव हुन थालेको हो । 

“थारु साँस्कृतिक संरक्षण र प्रवर्धनः कृषि पर्यटन, लघु उद्यम विकास र समुन्नतीमा हामी सबैको अभियान” भन्ने नाराका साथ बर्दिया थारु डान्स आईडल प्रतियोगिता, थारु साँस्कृतिक नृत्य प्रतियोगिता संचालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । मेलामा कृषि उत्पादनका बस्तुतहरुको प्रर्दशन, पर्यटकीय स्थलको प्रचारप्रसार तथा थारु सस्कृतिको प्रवर्धन गर्ने कार्यक्रम रहेको छ । साथै महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।  थारु समुदायको भाषा, कलासंस्कृति, गहना, थारु परम्परागत खानाहरुको समेत स्टल रहेकोका साथै रमाईलो मेलाहरु रहेको मेलाका प्रचारप्रसार समितिका संयोजक राज थारुले जानकारी गराउनु भएको छ । 

आयोजकले बाँसगढीमा प्रथम थारु साँस्कृतिक महोत्सव हुने थालेकोले सम्पुर्ण बर्दियाबासीहरुलाई एक पटक अवलोकनका लागि हार्दिक अनुरोध पत्रकार सम्मेलन मार्फत गरेको छ । मेलामा विद्यार्थी, जेष्ठ नागरिक तथा फरक क्षमता भएकाहरुलाई ३० प्रतिशत छुटको ब्यबस्था गरेको आयोजकले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार