मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक
सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक

Rato Pen 357+ समाचार ( )
३१ जेठ २०८३, आइतबार

बारबर्दिया, जेठ २७ — बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ७ स्थित सिउनिया आधारभूत स्वास्थ्य केन्द्रमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाको गुणस्तर अनुगमन तथा मूल्याङ्कन सम्पन्न भएको छ। कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपालको सहयोग तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा स्वास्थ्य संस्था स्कोर कार्डका आधारमा गरिएको अनुगमनमा स्वास्थ्य केन्द्रले उत्कृष्ट नतिजा हासिल गरेको छ।

जुन १० तारिख अर्थात् २०८३ जेठ २७ गते बुधबार सम्पन्न अनुगमन तथा मूल्याङ्कनमा आयुस्मा मल्ल, एलिसा कार्की, सञ्जीवनी बस्नेत, बिकेश नकाल क्षेत्री र गणेश परियार सहभागी रहेका थिए। अनुगमन टोलीले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवासम्बन्धी १२ वटा सूचकका आधारमा स्वास्थ्य केन्द्रको अवस्था मूल्याङ्कन गरेको थियो।

मूल्याङ्कनका क्रममा स्वास्थ्य केन्द्रमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लोगोको व्यवस्था, विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन, स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिको सहयोग, किशोरकिशोरीको सहभागिता, स्वच्छ खानेपानी, सरसफाइ, विद्युत आपूर्ति, सेवाको गोपनीयता, सेवाग्राहीका लागि प्रतीक्षालय, सूचना तथा सञ्चार सामग्रीको उपलब्धता, स्वास्थ्यकर्मीको तालिम तथा परामर्श सामग्रीको प्रयोगलगायत पक्षको अध्ययन गरिएको थियो।

अनुगमनको क्रममा स्वास्थ्य केन्द्रले १२ मध्ये १२ वटा सूचकमा पूर्ण अंक प्राप्त गर्दै कुल १२ मध्ये १२ अंक हासिल गरेको थियो। निर्धारित मापदण्डअनुसार उक्त नतिजालाई “धेरै राम्रो” श्रेणीमा राखिएको छ।

अनुगमन टोलीले स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन स्वास्थ्य केन्द्र परिसरको सरसफाइ तथा हरियाली प्रवर्द्धन गर्ने, किशोरकिशोरी सम्बन्धी सूचना तथा शिक्षा सामग्री थप व्यवस्थापन गर्ने, शौचालय मर्मत तथा सरसफाइमा ध्यान दिने, फोहोर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने तथा किशोरकिशोरीका सवालहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न सुझाव दिएको छ।

त्यसैगरी किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न चौमासिक रूपमा नियमित मूल्याङ्कन गर्ने तथा विद्यालय र समुदाय स्तरमा सेवा सम्बन्धी प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष समेत अनुगमन टोलीले निकालेको छ।

राधाकृष्ण थारु जनसेवा केन्द्रकी सुपरभाइजर लक्ष्मी भुर्तेलका अनुसार किशोरकिशोरीलाई गुणस्तरीय, पहुँचयोग्य तथा गोपनीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सञ्चालन गरिएको हो। उहाँले प्राप्त नतिजाले स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवा प्रवाहमा सकारात्मक उपलब्धि हासिल गरेको देखाएको बताउनुभयो।

प्रतिक्रिया

t १० अशोज २०७९, सोमबार

t

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार