मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

गौशाला संरक्षणका लागि बारबर्दिया–१ मा बैठक सम्पन्न
गौशाला संरक्षणका लागि बारबर्दिया–१ मा बैठक सम्पन्न

Rato Pen 357+ समाचार ( )
२१ कार्तिक २०८२, शनिबार

बारबर्दिया नगरपालिका–१ मा रहेको गौशालाको संरक्षण, व्यवस्थापन र सुधारका उद्देश्यले गौनन्दी संरक्षण तथा ब्यबस्थापन  समितिको बैठक सम्पन्न भएको छ । बैठकमा गौशालाको दीगो सञ्चालनका लागि आवश्यक भौतिक सुधार, पशु व्यवस्थापन, हरियो घाँसको उत्पादन तथा गोबर मल बिक्री वितरणसम्बन्धी तीन वटा प्रमुख प्रस्तावमा छलफल गरी निर्णय गरिएको छ ।

बैठकमा भएको पहिलो निर्णयअनुसार वर्षा तथा हिउँदका समयमा गाईको बसोबासमा समस्या नहोस् भन्ने उद्देश्यले गौशालाको प्राङ्गण सम्याउने, रोलरद्वारा माटो सम्याएर मजबुत बनाउने र दक्षिण–पश्चिमतर्फ नाला निर्माण गरी वर्षाको पानी निकास हुने व्यवस्था गर्ने निर्णय गरिएको छ । यसका लागि आवश्यक निर्माण सामग्री र आर्थिक सहयोगका लागि सम्बन्धित निकायहरूमा आग्रह गर्ने सर्वसम्मत निर्णय पारित गरिएको छ ।

त्यसैगरी दोस्रो निर्णयमा गौशालामा पशु गोठलाई व्यवस्थित बनाउन र हरियो घाँसको स्थायी व्यवस्थापन गर्न खाली जग्गामा विभिन्न किसिमका घाँस रोपण गर्ने तथा सानो भण्डारणका लागि एउटा छानो (गोदाम) निर्माण गर्ने निर्णय गरिएको छ । उक्त कार्यका लागि आवश्यक काठहरु सामुदायिक तथा बन समूहसँग माग गर्ने निर्णय पनि गरिएको छ ।

तेस्रो निर्णयअनुसार गौशाला संरक्षण तथा व्यवस्थापन समितिद्वारा उत्पादन गरिएको गोबर मललाई निश्चित मापदण्डअनुसार बिक्री वितरण गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ । जसमा मुल्य टेक्टरको ट्रली वडा नम्बर १ को हममा ५ हजार ५सय र अन्य वडामा ६ हजार ५ सय  र टायरगाडामा २ हजार ७ सय ५० र बोराको १०० रुपैया लिने मुल्य निधारण गरेको छ ।  

बैठकमा सहभागी सरोकारवालाहरूले गौशालाको संरक्षण र व्यवस्थापनलाई दीगो र उदाहरणीय बनाउन सबै निकायको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । बैठक वडा नम्बर १ का वडा अध्यक्ष कैशालपति थारुको अध्यक्षतामा भएको थियो । बैठकमा बारबर्दिया पशुसेवाका प्रमुख दिपकराज थापाको पनि सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार