मुख्य समाचार
गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता |

कार्यविधि नहुदा बरघर परिचालन गर्न कठिनाई
कार्यविधि नहुदा बरघर परिचालन गर्न कठिनाई

Rato Pen 335+ समाचार ( )
पालिका तथा नगरप्रमुखसंग बरघर ऐन कार्यान्वयन र परिचालनका लागि कार्यविधि तत्काल निर्माण गर्न माग
९ पौष २०८१, मङ्गलबार

बारबर्दिया, 

बारबर्दिया नगरपालिकाका बरघरहरुले स्थानीय सरकार काम गर्न कठीनाई भईरहेको बताउनु भएको छ । बारबर्दिया नगरपालिका प्रथाजनित बरघर प्रणाली कानुनी मान्यता दिन नेपालमा सबभन्दा पहिले बरघर ऐन बनाएपनि कार्यविधि नभएको कारणले कार्यक्रम संचालन गर्न कठिनाई भएको बताउनु भएको हो । 

बारबर्दियामा भएको एक कार्यक्रममा बरघरहरुले पालिका तथा नगरप्रमुखसंग बरघर ऐन कार्यान्वयन र परिचालनका लागि कार्यविधि तत्काल निर्माण गर्न माग गर्नु भएको छ । कार्यविधि नभएको कारणले अहिले सम्म बरघरका लागि छुट्याएको बजेट परिचालन गर्न नसकेर रकमान्तर वा फ्रिज हुने गरेको बताउनु भएको छ । 

थारु साहित्य संस्कृति प्रतिष्ठान लमही–५, दाङको आयोजनामा सोमवार बारबर्दियाको जयनगरमा बरघरहरुको  समावेशी मापन भेला भएको छ । भेलामा करिब एक सय जना बरघरहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल चौधरीले पालिकाले बरघर विधेयक बनाउन अति आवश्यक रहेको बताउनु भएको छ । यसबारे पर्याप्त छलफल र गृहकार्य हुन आवश्यक रहेको धारणा राख्नु भएको छ । नगर बरघर सञ्जालका पदाधिकारीहरु सार्वजनिक कार्यक्रममा गुनासो गर्नुभन्दा विधेयक मस्यौदामा सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाँले मरुवा, भूइहार थानमा पूजा पुज्ने गाउँलाई एउटा मुल बरघर मान्यता दिने र सोही अनुसार बरघरको दायरा मने प्रथाजनित न्यायसंगत हुने तर्क गर्नु भएको छ । बरघरहरु पनि सरकारकै एक अंग भएकाले हीनताबोध महसुश गर्न नहुने बताउनु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगर बरघर सञ्जालका निवर्तमान अध्यक्ष कालीराम थारुले बरघर ऐन कार्यान्वयनका लागि कार्यविधि नहुँदा बरघरहरु अल्पत्र अपस्थामा रहेको बताउनु भएको छ । बरघर सञ्जालले हाल सम्मपनि बजेट परिचालन गरेर आफै कुनै कार्यक्रम गर्न नसकेको बताउनु भएको छ । 

बरघर सञ्जालका अध्यक्ष लाल बहादुर चौधरी(बैरागी)ले सकेसम्म सबै बरघरलाई पारिश्रमिकको व्यवस्था हुनुपर्ने, नगर बरघर सञ्जालका पदाधिकारीलाई इन्धन, रिचार्जको व्यवस्था हुनुपर्ने आवाज माग गर्नु भएको छ । बरघरहरु भोकभोकै लामो समय खट्न नसक्ने, पारिश्रमिकको व्यवस्था नगरिए बरघर प्रणाली नै धरापमा पर्न सक्ने बताउनु भएको छ । 

नगर बरघर सञ्जालका निवर्तमान सचिव कृष्णप्रसाद चौधरी सवालले बरघरहरुले पहिलेको जस्तो सामाजिक सम्मान नपाएको, पालिकाले समेत विधेयक नबनाएकाले मान्यता दिएको अनुभूति नभएको धारणा राख्नु भयाे । 

बारबर्दिया–७, बौद्धनगर (मरघट्टी) की बरघर गीता चौधरीले पुरुषहरुको तुलनामा गाउँलेहरुले महिला बरघरलाई नटेरेको गुनासो गर्नु भयो । तर यसो भन्दैमा महिलाहरु नेतृत्व लिने सवालमा पछि पर्न नहुने, केहीले जिम्मेवारी पाए अरु महिलालाई पनि हौसला बढ्ने भएकाले पुरुषहरु महिलालाई गाउँको जिम्मेवारी दिन तयार हुनपर्ने उहाँको भनाई थियो ।

वडा २ का वडा वडाध्यक्ष रामफेरन थारुले आफूले कुनै काम गर्नुअघि आफ्ना वडाका बरघरहरुसंग सल्लाह लिने गरेको बताउनु भयो । बरघरहरुसंग सहकार्य गरेर जनप्रतिनिधिहरु सदैव अघि बढ्न तयार रहेको विश्वास दिलाउनु भयो । 

थारु साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा फिल्ड अधिकृत विमला चौधरीले बरघरमा महिला तथा युवाहरुको सहभागितामा जोड परियोजनाबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य यम चौधरीले स्वागत गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार