मुख्य समाचार
मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा |

अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप
अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप

Rato Pen 353+ समाचार ( )
२३ श्रावण २०८३, शनिबार

होमेन्द्र थापा, बर्दिया

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति, बर्दियाको आयोजनामा भएको कार्यक्रममा आज जिल्लाका विभिन्न पालिकाबाट आएका महिला तथा पुरुष कार्यकर्ता र इच्छुक गरी एक सय ५० भन्दा बढी सहभागीले सर्वाङ्ग माटो लेप गरेका हुन् । प्राकृतिक चिकित्साको प्रचार–प्रसार तथा प्रकृतिसँगको सामीप्यता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रमको शुभारम्भ गर्दै प्राकृतिक चिकित्सक दीपक वि.सी.ले माटो लेप प्राकृतिक चिकित्सा विधिमध्येको एक रहेको बताउनुभयो । उहाँले माटो लेपबाट दाद, खाज र खुजलीलगायत छालासम्बन्धी समस्यामा राहत मिल्ने दाबी गर्नुभयो । प्राकृतिक चिकित्साले प्रकृतिसँगको सम्बन्ध बढाउँदै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उहाँको भनाइ थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश महामन्त्री सियम उपाध्यायले प्रकृतिमा रहेका विभिन्न उपचार विधिको उचित पहिचान र प्रयोग हुन नसकेको बताउनुभयो । उहाँले प्राकृतिक चिकित्सा विधिले शरीर शुद्धीकरण, तनाव न्यूनीकरण तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार पार्टीले तीन दिनसम्म सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सोही कार्यक्रमअन्तर्गत विभिन्न पालिकाले सञ्चालन गर्ने कार्यक्रममध्ये उत्कृष्ट पालिकालाई एक लाख रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिने जानकारी दिनु भयो ।

दोस्रो पटक माटो लेप गर्नुभएका गुलरियाका विष्णु थापा ‘सरगम’ले दैनिक जीवनशैली र खानपानका कारण शरीरमा विकार जम्मा हुने गरेको अनुभव सुनाउनुभयो । माटो लेपपछि शरीरमा नयाँ ऊर्जा प्राप्त भएको महसुस भएको उहाँले बताउनुभयो । स्वस्थ रहन माटो, पानी र हावालगायत प्रकृतिका पञ्चतत्वसँग घुलमिल भएर जीवनशैली अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले प्राकृतिक उपचार विधिबारे जानकारी लिनुका साथै सामूहिक रूपमा सर्वाङ्ग माटो लेप गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार