मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

सडक दुर्घटना न्यूनीकरणका लागि होर्डिङ बोर्ड स्थापना
सडक दुर्घटना न्यूनीकरणका लागि होर्डिङ बोर्ड स्थापना

Rato Pen 357+ समाचार ( )
२३ श्रावण २०८२, शुक्रबार

होमेन्द्र थापा, बर्दिया 

इलाका प्रहरी कार्यालय पाताभार, बर्दियाले गेरुवा गाउँपालिकाका जोखिमयुक्त स्थानहरूमा सडक सुरक्षासम्बन्धी सन्देशयुक्त होर्डिङ बोर्डहरू जडान गरेको छ। सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले संवेदनशील स्थान छनोट गरी यी बोर्डहरू राखिएका हुन्।

स्थानीयको विश्वास अनुसार, होर्डिङ बोर्डले सडकका जोखिमपूर्ण क्षेत्रमा सचेतना फैलाउने र दुर्घटना घटाउन महत्वपूर्ण भूमिका खेल्नेछ। गेरुवा गाउँपालिकामा पछिल्लो समय कालोपत्रे सडक विस्तारसँगै यातायातको गति र चाप बढ्दा दुर्घटनाको जोखिम पनि बढेको थियो। सडक दुर्घटना न्युनिकरणको लागि इलाका प्रहरी कार्यालय पाताभारले यस्तो पहल अघि बढाएको हो।

गगन सिंह कुँवर फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय पाताभारलाई सातवटा सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरेको थियो। ती बोर्डहरू गेरुवा गाउँपालिका वडा नं. ३ बनकट्टीदेखि वडा नं. १ थापापुरसम्म जडान गरिएको फाउण्डेशनका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो।

होर्डिङ बोर्डमा “बजार क्षेत्र गति सीमित”, “मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ”, “गति संग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ” लगायतका सन्देश राखिएका छन्। यसबारे गेरुवा गाउँपालिका–२ का वडा अध्यक्ष कृष्ण थारुले ढिलो भए पनि सराहनीय काम भएको प्रतिक्रिया दिनुभयो। उहाँका अनुसार, यस्ता सचेतनामूलक गतिविधि नियमित रुपमा गरिनुपर्छ, जसले दीर्घकालीन रुपमा दुर्घटना रोकथाममा मद्दत पुग्छ।

सडक दुर्घटना नेपालमा दैनिकरूपमा देखिने गम्भीर समस्या हो। विभिन्न कारणमध्ये चालकको लापरबाही, मादक पदार्थ सेवन, ओभरस्पिड, र ट्राफिक नियम उल्लङ्घन प्रमुख कारणका रूपमा पहिचान गरिएको छ। गेरुवा क्षेत्रमा विगतमा भएका दुर्घटनाहरूको अध्ययन गर्दा पनि मानविय त्रुटि नै प्रमुख देखिएको छ।

स्थानीयवासीहरूको भनाइमा, जोखिमयुक्त मोड, भीडभाड क्षेत्र, र विद्यालय नजिकका स्थानहरूमा राखिएका यी होर्डिङ बोर्डले चालकहरूलाई सावधान गराउने मात्र नभई यातायात अनुशासन कायम गर्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, यस्तो पहलले अन्य स्थानहरूमा पनि अनुकरणीय उदाहरण स्थापित गर्ने विश्वास गरिएको छ।

गाउँपालिका, प्रहरी, र सामाजिक संस्थाको संयुक्त प्रयासमा सुरु गरिएको यो कार्यक्रमलाई स्थानीयले सकारात्मक दृष्टिले लिएका छन्। उनीहरूको आशा छ—यस्ता सचेतनामूलक पहलहरूले सडक सुरक्षामा सुधार ल्याएर मानिसको जीवन जोगाउन सहयोग पुर्याउनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार