मुख्य समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम |

बारबर्दिया नगरको गौशाला : संरक्षण, सेवा र व्यवस्थापनमा उदाहरणीय पहल
बारबर्दिया नगरको गौशाला : संरक्षण, सेवा र व्यवस्थापनमा उदाहरणीय पहल

Rato Pen 306+ समाचार ( )
२६ श्रावण २०८२, सोमबार

बारबर्दिया नगरपालिका वडा नं. १ र वडा नं. ९ मा सञ्चालनमा रहेका गौशालाले हाल छाडा गौ–नन्दीको संरक्षण, पशु स्वास्थ्य सेवा र दीर्घकालीन व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेका छन्। नगरको पशुसेवा शाखा मार्फत खोरेट, भ्यागुते–चरचरे, लम्पी स्किन रोगविरुद्ध खोप, आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण औषधि, आवश्यकता अनुसार उपचार सेवा प्रदान हुँदै आएको छ।

आहाराका लागि पराल ढुवानीमा पनि सहयोग पुर्‍याउँदै हालसम्म दुबै गौशालामा ३६ ट्रक पराल ५ हजार रूपैयाँ प्रति ट्रक्टर दरले ढुवानी गरिएको छ। गौ–नन्दी संरक्षण तथा व्यवस्थापन समितिको नेतृत्व नगरप्रमुख संरक्षकका रूपमा, नगरउपप्रमुख अध्यक्षका रूपमा र पशुसेवा शाखा प्रमुख फोकल पर्सनका रूपमा सक्रिय छन्।

दीर्घकालीन योजनाअन्तर्गत मल उत्पादन तथा प्रशोधनका लागि प्रदेश र संघीय सरकारसँग समन्वय भइरहेको छ। गौशाला स्थापना र छाडा पशु व्यवस्थापनपछि सवारी दुर्घटना न्यूनीकरण, किसानको बाली सुरक्षामा वृद्धि, सामाजिक सद्भाव कायम, पशुपालन व्यवसायमा प्रोत्साहनजस्ता लाभहरू देखिएका छन्।

नगरपालिकाले हालसम्म ६ हजार ६ सय ६५ वटा पशुमा ट्याग लगाइसकेको छ। कृत्रिम गर्भाधारणबाट नसल सुधार भई उत्पादन बढेको छ भने संक्रामक रोग रोकथाम र अभिलेखीकरणमा सहजता आएको छ। मलको सदुपयोगले बाली उत्पादनमा सहयोग पुगेको र पशुपालनप्रति नागरिकको भावनात्मक लगाव बढेको समितिको मूल्याङ्कन छ।

तर, चुनौतीहरू पनि छन् — आर्थिक स्रोतको कमी, प्रदेश तथा संघीय सरकारले पर्याप्त लगानी नगर्नु, समुदायको धारणा परिवर्तनमा ढिलाइ, वन क्षेत्र भएको कारण उपयुक्त चरिचरण अभाव, आम नागरिकलाई सकारात्मक बनाउन नसक्नु, नेतृत्व र सेवाभावी व्यक्तिहरूको कमी, मलमुत्रको प्रशोधन आवश्यकताअनुसार नहुनु जस्ता समस्या समाधान गर्नुपर्ने बताइएको छ।

गौशालाको व्यवस्थापन खर्च सम्पूर्ण नगरपालिकाबाट व्यहोरण भइरहेको छ। यहाँ ४/४ जना गाई हेरालु कार्यरत छन्। कार्यविधि–२०७९ अनुसार गौ–नन्दीको आहार, स्वास्थ्य, सुरक्षा र व्यवस्थापनमा स्पष्ट मापदण्ड तोकिएको छ भने, गोबर, दूध, दुग्धजन्य पदार्थको उत्पादन र वितरणबाट आम्दानी वृद्धिको योजना अघि बढाइएको छ।

पशुसेवा शाखा प्रमुख दिपक थापाका अनुसार, “गौशाला व्यवस्थापनले नगरको पशुपालन क्षेत्रमा अनुकरणीय उदाहरण राखेको छ। दीर्घकालीन योजनासँगै आर्थिक र सामाजिक योगदान थप प्रभावकारी बनाउन सबै तहको सहकार्य आवश्यक छ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार