मुख्य समाचार
बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न | सिकलसेल र बिटा थालासेमिया नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक : मधुवनमा पालिका स्तरीय अभिमुखीकरण | समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीबारे अभिमुखीकरण | गुलरिया नगरप्रमुख यादवद्वारा नगरबासीसँग क्षमायाचना | बारबर्दिया नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९९ करोड १५ लाखको बजेट ल्यायो | उत्कृष्ट राष्ट्रसेवक कर्मचारीका रूपमा प्रमुख प्रशासकीय अधिकृत भण्डारी सम्मानित |

पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न
पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न

Rato Pen 322+ समाचार ( )
१६ असार २०८३, मङ्गलबार

बारबर्दिया,  स्वास्थ्य कार्यालय बर्दियाको आयोजना तथा बारबर्दिया नगरपालिकाको समन्वयमा बारबर्दिया नगरपालिका–८ स्थित पदनाहा स्वास्थ्य चौकीमा मंगलबार निःशुल्क छाला रोग तथा कुष्ठरोग विशेषज्ञ शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरको उद्घाटन बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्ना कुमारी पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता बारबर्दिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख पाण्डेले  स्थानीय तहले नागरिकको घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई समेत प्राथमिकता दिइने धारणा राख्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. ४ का वडा अध्यक्षले समुदायमै विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले यस्ता शिविरले समयमै रोगको पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै स्वास्थ्य कार्यालय, नगरपालिका तथा सहयोगी सबै पक्षलाई धन्यवाद दिनुभयो।

शिविरमा नेपालगञ्जस्थित भेरी अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. आर. के. झाले विशेषज्ञ सेवा प्रदान गर्दै छालासम्बन्धी विभिन्न समस्याबाट पीडित सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार गर्नुभएको थियो। शिविरमा एलर्जी, फंगल संक्रमण, छालामा गोलो आकारका दाग, चिलाउने तथा पोल्ने समस्या, अनुहारमा आउने दाना, कपाल झर्ने समस्या, चाउरी तथा एजिङसम्बन्धी समस्या तथा हात–खुट्टा र शरीरका विभिन्न भागमा देखिएका छालाजन्य रोगका बिरामीहरूले निःशुल्क विशेषज्ञ सेवा लिएका थिए।

समुदायमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट स्थानीय सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विशेषगरी आर्थिक तथा भौगोलिक कारणले विशेषज्ञ सेवा लिन कठिनाइ भोगिरहेका नागरिकका लागि यो शिविर प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहभागिता जनाउने स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सम्बन्धित सबै सरोकारवालाप्रति आयोजकले आभार व्यक्त गरेको छ। यस्ता निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरहरूले समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै छाला तथा कुष्ठरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार