मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

‘अब सबै कम्युनिस्ट शक्तिहरू एक होऔँ’ — पूर्वमन्त्री बामदेव गौतम
‘अब सबै कम्युनिस्ट शक्तिहरू एक होऔँ’ — पूर्वमन्त्री बामदेव गौतम

Rato Pen 332+ समाचार ( )
२० मंगशिर २०८२, आइतबार

होमेन्द्र थापा, बर्दिया

६ पटक निर्वाचन लडेर ३ पटक मन्त्री भइसकेका पूर्वमन्त्री बामदेव गौतम बर्दियामा आयोजित ‘एकता सन्देश सभा’मा उत्साहपूर्वक नाच्दै सहभागी भए। शनिबार नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित उक्त सभामा प्रमुख अतिथि रहेका गौतमले देशभरका सबै कम्युनिस्ट तथा प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता जोड दिए। उनले एकीकृत पार्टी निर्माणको पक्षमा आफू दृढ भएर उभिन तयार रहेको स्पष्ट गरे।

सम्बोधनका क्रममा गौतमले भने, “अब एकता गर्नु पर्छ, एउटै पार्टी निर्माण गर्नु पर्छ। साना–ठूला सबै कम्युनिस्ट पार्टीहरूसँग एकता आवश्यक छ।” एकताको प्रक्रियामा आफू खुलेर समर्थनमा रहेको उनले बताए।

उनका अनुसार नेपाली कम्युनिस्ट पार्टी देशभरका कम्युनिस्ट शक्तिको प्रतिनिधि संगठन बन्दै गएको छ। एमालेभित्रका क्रान्तिकारी सोच भएका कार्यकर्तासमेत एकताको प्रक्रियातर्फ आकर्षित भइरहेको दाबी उनले गरे। भदौ २३ र २४ गतेको ‘ठूलो विद्रोह’ले आफूहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको उल्लेख गर्दै गौतमले भने, “सबैभन्दा ठूलो शक्ति बनेपछि झनै विनम्र हुनुपर्छ।”

गौतमले नेपाल कम्युनिस्ट पार्टी निर्माणको प्रारम्भिक चरणमा चारवटा पार्टी एक भएको तर अहिले १७ वटा नयाँ पार्टी थपिँदै गएको जानकारी गराउँदै भने, “असली कम्युनिस्ट श्रमशील हुन्छन्, गल्ती स्वीकार गर्छन्। म पनि साँच्चिकै कम्युनिस्ट बन्न चाहन्छु।”

कार्यक्रमका विशिष्ट अतिथि तथा पूर्वमन्त्री भीम रावलले अब विभाजन होइन, एकताको मार्ग रोज्न सबैलाई आग्रह गरे। आगामी फागुन २१ गते हुने अनुमान गरिएको चुनावमा नेपाली कम्युनिस्ट पार्टीले देशको जनशक्ति र प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्दै बहुमतसहित अगाडि बढ्नुपर्ने धारणा उनले राखे। विगतका कमजोरी सच्याउँदै जनताको पीडा बढाउने विभाजनको राजनीतिलाई अन्त्य गर्ने प्रतिबद्धतासमेत रावलले व्यक्त गरे।

यस्तै, विशिष्ट अतिथि तथा पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले कम्युनिस्ट मात्र होइन, देशप्रेमी, लोकतन्त्रमा आस्था राख्ने तथा समाजवादी विचारधारा मान्ने सबै शक्तिहरू एकताबद्ध हुँदै जाने आवश्यकता औँल्याए।

गुलरिया नगरपालिका परिसरमा सम्पन्न ‘एकता सन्देश सभा’मा विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्काउने नाचगानसहित कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार