मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

मधुवनमा १९१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ
मधुवनमा १९१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ

Rato Pen 305+ समाचार ( )
२१ चैत्र २०८१, शनिबार

– होमेन्द्र थापा

बर्दिया — मधुवन नगरपालिकाका १ सय ९१ जना महिलाहरूले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउने ‘भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (VIA)’ स्क्रिनिङ गराएका छन्।

ग्रामिण क्षेत्रमा बसोबास गर्ने, आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य चेकजाँचमा सहज पहुँच नपाएका महिलाहरूलाई लक्षित गरी यो सेवा निःशुल्क रूपमा प्रदान गरिएको हो।

स्वास्थ्य शिविर श्री कुसुम्बादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मधुवन–६ को आयोजनामा नगर अस्पतालमा शनिबार सम्पन्न भएको हो। चेकजाँच सुशील कोइराला क्यान्सर अस्पताल, खजुरा बाँकेका स्त्रीरोग विशेषज्ञ तथा ल्याप्रोस्कोपिक सर्जन डा. इन्द्रनिल घोषको नेतृत्वमा गरिएको थियो।

डा. घोषका अनुसार कुनै लक्षण नदेखिए पनि पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ नियमित रूपमा गराउनुपर्छ। रोग प्रारम्भिक चरणमै पत्ता लागेमा निको हुने सम्भावना बढी हुने र उपचार खर्च पनि कम पर्ने जानकारी दिनुभयो।

शिविर सफल बनाउन स्थानीय जनप्रतिनिधिहरूले वडास्तरमै जानकारी पु¥याएर सक्रिय भूमिका खेलेका थिए। सहभागी महिलाहरूले घरनजिकै यस्ता सेवा पाउँदा राहत महसुस भएको बताएका छन् र यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

डा. घोषले यौन सम्पर्कपछि रगत आउनु, अत्यधिक सेतो पानी बग्नु, औषधि सेवन गर्दा पनि लक्षण नहट्नु, महिनावारीबाहेकको समयमा रगत आउनु वा महिनावारी अनियमित हुनुजस्ता लक्षण देखिएमा तुरुन्तै स्क्रिनिङ गराउन सुझाव दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार