मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम
बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम

SizTex 42+ समाचार ( )
५ वैशाख २०८३, शनिबार

बर्दिया, वैशाख ५ — बारबर्दिया नगरपालिकामा बाल अधिकार समिति सदस्यहरूका लागि घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। “सशक्त बालिका परियोजना” अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम वैशाख ४ र ५ गते आयोजना गरिएको हो।

तालिमको आयोजना प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया तथा बारबर्दिया नगरपालिकाको साझेदारीमा गरिएको थियो। कार्यक्रममा अधिवक्ता लक्ष्मी नेपालले प्रशिक्षण तथा सहजीकरण गर्नु भएको थियो।

तालिम बारबर्दिया नगरपालिका स्तरीय बाल अधिकार समितिकी संयोजक तथा नगर उपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। समापनका क्रममा उपप्रमुख पाण्डेले तालिमबाट अन्योलमा रहेका विषयहरू स्पष्ट भएको बताउँदै सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नु भएको छ।

तालिममा बाल अधिकार समितिका सदस्यहरू, वडा अध्यक्षहरू तथा सचिवहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बाल संरक्षण सम्बन्धी विभिन्न विषयहरूमा छलफल गरिएको थियो। बाल्यकालमा आइपर्न सक्ने नकारात्मक अनुभवहरूबाट संरक्षण, जोखिम अवस्थाको पहिचान, जोखिम न्यूनीकरण, दुरुपयोग, हिंसा, भेदभाव तथा बेवास्ता जस्ता विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै बालबालिका सम्बन्धी ऐन, नीति तथा कानुनी व्यवस्थाहरूबारे पनि विस्तृत रुपमा प्रशिक्षण दिइएको थियो।

तालिममा घटना व्यवस्थापनका चरणहरूबारे पनि जानकारी गराइएको थियो। जसअन्तर्गत घटना पहिचान तथा लेखाजोखा, बालबालिका तथा परिवारको अवस्था मूल्याङ्कन, स्याहार योजना निर्माण, कार्यान्वयन, फलोअप तथा समीक्षा र अन्ततः घटना समापनसम्मका प्रक्रिया समेटिएका थिए।

त्यसैगरी, प्राथमिक सेवा प्रदायकको छनौट, गोपनीयताको महत्व तथा सीमाहरू, र बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखी योजना निर्माण गर्ने विषयमा समेत सहजीकरण गरिएको थियो।

कार्यक्रमले बाल अधिकार संरक्षण तथा बालबालिकाको समग्र विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार