मुख्य समाचार
बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल |

बर्दियाको राजापुर र गेरुवामा समयमै धान रोपाइ सुरु
बर्दियाको राजापुर र गेरुवामा समयमै धान रोपाइ सुरु

Rato Pen 352+ समाचार ( )
३० जेठ २०८२, शुक्रबार

होमेन्द्र थापा, बर्दिया | जेठ २९

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानहरूले समयमै धान रोपाइ सुरु गरेका छन्। कर्णाली नदीको पानी लाग्ने यस क्षेत्रमा सिँचाइको राम्रो सुविधा उपलब्ध भएकाले र खल्ला खेतहरू पछि डुबानमा पर्ने भएकाले किसानहरू असार पर्खनु अघि नै रोपाइमा जुटेका हुन्।

ढिलो धान रोप्दा मजदुर पाउन गाह्रो हुने भएकाले पनि किसानहरू अग्रिम तयारीमा लागेका छन्। स्थानीय प्रचलनअनुसार, वैशाख २० गतेदेखि जेठ १५ गतेसम्म धानको विउ राख्ने र जेठ २५ गतेदेखि असार २० गतेसम्म रोपाइ गर्ने चलन छ।

चाँडो रोपाइ गरेमा वर्षमा तीन पटक खेती गर्न सकिने भएकाले पनि किसानहरू यस विधिलाई प्राथमिकता दिन थालेका छन्। राजापुर–१० का किसान कृपाराम चौधरीका अनुसार, बलौटे दोमट माटो भएको यस क्षेत्रमा जमिन छिट्टै सुक्ने भएकाले पुर्खौंदेखि यही समयमा रोपाइ गरिँदै आएको छ।

हाल राजापुर र गेरुवा क्षेत्रमा ‘हल्दीनाथ’ जातको धान प्रमुख रूपमा रोपिँदैछ। छिटो पाक्ने, स्वादिलो र बजारमा राम्रो मूल्य पाइने भएकाले यो जात लोकप्रिय बन्दै गएको छ। किसान रञ्जिता चौधरीले यस वर्षको रोपाइ सुरु भइसकेको र करिब एक महिनासम्म रोपाइको काम चल्ने बताइन्।

अहिले किसानहरू खेत जोत्नेदेखि मल हाल्ने, विउ उखेल्ने, खेताला खोज्ने र रोपाइको काममा व्यस्त छन्। यस क्षेत्रमा ‘मकवानपुर’, ‘बहुगुणी’, ‘राधा–४’, ‘सर्जुबावन’, ‘सावित्री’ लगायतका धानका जातहरू पनि रोपिँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार