मुख्य समाचार
अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति |

अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता
अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता

Rato Pen 356+ समाचार ( )
२७ भाद्र २०८३, शनिबार

होमेन्द्र थापा, बर्दिया

जिल्ला प्रशासन कार्यालय बर्दियाले कार्यालयसम्म पुगेर सेवा लिन नसक्ने पूर्ण अपाङ्गता भएका नागरिकलाई घरदैलोमै पुगेर सरकारी सेवा उपलब्ध गराउने अभियानअन्तर्गत गुलरिया नगरपालिका–११ का मोहम्मद सबाज गद्दीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीको नेतृत्वमा वडा अध्यक्षसहितको टोलीले गद्दीको निवासमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । घरमै नागरिकता पाएपछि गद्दीका परिवारजनले जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गरेका छन् ।

नागरिकता हस्तान्तरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले कार्यालयसम्म आउन नसक्ने अवस्थाका नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा सहज रूपमा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । 

मोहम्मद सबाज गद्दी कमरुद्धिन गद्दी र अनिषा गद्दीका जेठा छोरा हुन् । २०६६ साल असार २५ गते जन्मिएका गद्दी जन्मजात नै पूर्ण अपाङ्गता अवस्थामा रहेको परिवारले जनाएको छ । तीन छोरा र एक छोरीमध्ये मोहम्मद सबाज जेठा छोरा रहेको उनका बुबा कमरुद्धिन गद्दीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले अशक्त, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी घरदैलोमै पुगेर सेवा प्रवाहलाई प्राथमिकता दिएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालका अनुसार पछिल्लो तीन महिनामा दुई जना नागरिकलाई घरमै पुगेर सेवा प्रदान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार