मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

कानुन निर्माणमा बुद्धिमत्तापूर्वक र विधिपूर्वक अघि बढ्न सभामुख घर्तीमगरको सुझाव
कानुन निर्माणमा बुद्धिमत्तापूर्वक र विधिपूर्वक अघि बढ्न सभामुख घर्तीमगरको सुझाव

Rato Pen 332+ समाचार ( )
४ वैशाख २०८२, शुक्रबार

बर्दिया, 

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले राज्य सञ्चालनको मार्गदर्शक कानुन भएकोले त्यसलाई बुद्धिमत्तापूर्वक निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयको आयोजनामा बारबर्दिया नगरपालिकामा आयोजित “प्रदेशसभा र स्थानीय सभाबीचको कानुन निर्माण सम्बन्धी सहकार्य कार्यक्रम”मा बोल्दै सभामुख घर्तीमगरले कानुन, कार्यविधि, निर्देशिका वा मापदण्ड बनाउँदा व्यापक छलफल आवश्यक हुने बताउनुभयो ।

उहाँले कानुन स्पष्ट र समयसापेक्ष नबनाउन सकेमा त्यसले स्वयं सरकारलाई अप्ठ्यारो पार्न सक्ने भन्दै विधिपूर्वक उत्कृष्ट कानुन बनाउनु पर्नेमा जोड दिनुभयो । सभामुख घर्तीमगरका अनुसार प्रदेश सरकारले कानुन निर्माण गर्न कम्तीमा १० दिन समय लिन्छ, तर स्थानीय तहमा कहिलेकाहीँ एकै दिनमै ऐन निर्माण हुने उदाहरण समेत छन । उहाँले प्रदेशसभा सचिवालयले स्थानीय सरकारसँग सहकार्य गर्दै ऐन निर्माणको विषयमा निरन्तर छलफल गरिरहेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशसभा सदस्यहरूले पालिकाले कानुन निर्माण गर्दा जनताको सेवा र समयको सान्दर्भिकतालाई ध्यानमा राख्नुपर्ने सुझाव दिनु भएको छ । । साथै, संघ र प्रदेशका कानुनसँग नबाझिने गरी स्थानीय ऐन बनाइनु पर्नेमा समेत जोड दिनु भएको छ । 

कार्यक्रमको उद्देश्य स्थानीय सभासंचालन प्रक्रिया, पालिकाले निर्माण गरेका ऐनहरूको समीक्षा तथा नमुना नगरसभा सञ्चालनमार्फत सभासंचालनको विधिबद्ध जानकारी गराईएको छ । 

कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालयका पदाधिकारी, प्रदेश सभा सदस्यहरु, कर्मचारी, र बारबर्दिया नगरपालिकाका नगरसभा सदस्यहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार