मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

कुसुम्बा देवी बचत तथा ऋण सहकारीको २६औँ वार्षिक साधारण सभा सहकारी शिक्षा शिविर
कुसुम्बा देवी बचत तथा ऋण सहकारीको २६औँ वार्षिक साधारण सभा सहकारी शिक्षा शिविर

Rato Pen 355+ समाचार ( )
२५ पौष २०८२, शनिबार

मधुवन, बर्दिया ।
मधुवन नगरपालिका वडा नम्बर ६ मा रहेको कुसुम्बा देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा तथा सहकारी शिक्षा शिविर सम्पन्न भएको छ। मधुवन–६ स्थित मस्याङडी पाटी प्यालेसमा आयोजित सभाले संस्थाको आर्थिक, प्रगति तथा आय–व्यय प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा मधुवन नगरपालिकाका नगरप्रवक्ता मेकबहादुर गुरुङले सहकारीको सिद्धान्त, मूल्य र मान्यताअनुसार शेयर सदस्यहरूले अनुशासित ढंगले अघि बढ्नु अनिवार्य रहेको बताउनुभयो। “सहकारी राम्रो हुनु भनेको समुदाय पनि राम्रो हुनु हो, किनभने सहकारी समुदायको साझा सम्पत्ति हो,” उहाँले भन्नुभयो।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष तथा प्रशिक्षकले सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण दिँदै सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउन सुशासन अपरिहार्य रहेको धारणा राख्नुभयो। उहाँले सहकारीमा बचत, लगानी र ऋण प्रवाह गर्दा जोखिम व्यवस्थापन र तरलता सन्तुलनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

संस्थाका अध्यक्ष टेकबहादुर खत्रीले अध्यक्षीय मन्तव्य राख्दै सीमित स्रोत र चुनौतीका बाबजुद संस्थाले अनुशासित वित्तीय व्यवस्थापन गर्दै निरन्तर प्रगति हासिल गरेको बताउनुभयो। उहाँले शेयर सदस्यहरूको विश्वास, कर्मचारीहरूको इमान्दारिता र सहकार्यकै कारण संस्था सुरक्षित रूपमा अगाडि बढ्न सफल भएको उल्लेख गर्नुभयो।

संस्थाको प्रगति प्रतिवेदन सचिव शितल थापाले प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार संस्थाले बचत संकलन, ऋण लगानी, सामाजिक उत्तरदायित्व तथा सदस्य सेवामा प्रगति गरेको छ।

साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी, बचत संकलन र ऋण लगानीमा वृद्धि भएको छ। आर्थिक वर्षको आय–व्यय विवरणअनुसार व्याज आम्दानी, लगानी तथा अन्य आम्दानीबाट कुल आम्दानी १ करोड ९ लाख रुपैयाँभन्दा बढी पुगेको छ। खर्च कटाएर संस्थाले कुल नाफा आर्जन गरे पनि केही ऋण असुली नभई सुरक्षण कोषमा राखिएकाले हाल संस्थाको खुद नाफा ४० हजार २०३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार संस्थाको तरलता स्थिति सन्तोषजनक रहेको छ। नगद, बैंक तथा छाता संगठनमा रहेको मौज्दातसमेत गरी करिब २ करोड ९८ लाख रुपैयाँभन्दा बढी तरलता कायम रहेको छ। त्यस्तै, संस्थाको कुल सम्पत्ति १० करोड ९१ लाख रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू, छिमेकी सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले सहकारीको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो। बिभिन्न विधामा उत्कृष्ट भएकाहरुलाइ सम्मान गरीएको छ । साधारण सभामा शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार