मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियाका वडाहरु यहि २२ गते देखि बाल विवाह मुक्त घोषणा गर्न शुरु गर्दै
बारबर्दियाका वडाहरु यहि २२ गते देखि बाल विवाह मुक्त घोषणा गर्न शुरु गर्दै

Rato Pen 357+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

बारबर्दिया, 

बारबर्दिया नगरपालिकाको कार्यापालिका बैठकले वडा नम्बर २, ५, ६ र ७ लाई बालविवाह मुक्त घोषणाको लागि अनुमति दिने निर्णय गरेको छ । आजै बिहान नगरस्तरीय बाल अधिकार समितिको बैठक बसी कार्यपालिकाको बैठकमा उक्त वडा बाल विवाह मुक्त घोषणाका लागि सम्पुर्ण सुचकहरु पुरा गरेकोले अनुमति माग गर्ने निर्णय गरेको थियो ।  

यस अघि बाल अधिकार समितिलाई उक्त वडाहरुले बाल विवाह मुक्त घोषणाका लागि अनुगमन गर्न माग गरे अनुसार कार्यदल गठन गरी चार वटै वडामा समुदाय स्तरमा गएर अनुगमन सोमबार बिहान बसेको बेठकमा प्रतिबेदन प्रस्तुत गरेको थियो । प्रस्तुत गरिएको प्रतिबेदनमा वडाले बाल विवाह मुक्त घोषणाका लागि पुरा गर्नु पर्ने १४ वटा सुचकहरु ३ वडाले पुरा गरेको तर ६ नम्बर वडाले केही सुचक पुरा गर्नु पर्ने प्रतिबेदनमा उल्लेख गरिएको छ । वडा नम्बर ६ लाई सम्पुर्ण सुचकहरु पुरा गरी माघ महिना भित्र बाल विवाह मुक्त घोषणा अनुमति दिने बाल अधिकार समितिले निर्णय गरेको छ ।  यसैगरी सम्पुर्ण सुचक पुरा गरेका वडा नम्बर २ ले यहि मंशिर २२ गते, वडा नम्बर ५ले आगामी पौष महिनाको पहिलो साता र वडा नम्बर ७ ले यहि मंशिर २९ गते बाल विवाह मुक्त घोषणा गर्ने निर्णय गरेको छ । 

बाल विवाह मुक्त घोषणाका लागि सबै वडाले वडा स्तरीय बाल अधिकार समितिको बैठक बसी जिम्मेवारी बाँडफाड, स्रोत आंकलन र सुनिश्चितता गर्ने र साझेदारसंस्थाहरुसंग आर्थिक तथा प्राविधिक सहयोगका लागि समन्वय गर्ने निर्णय गरेको छ । बैठकमै भेरी वातावरणीय विशिष्टिता समुह(बि ग्रुप) अन्तरगत बाल विवाह न्युनिकरण परियोजना र राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित बालिका सशक्त परियोजना मार्फत आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।  बैठकमा बाल विवाह लाई सुन्यमा झार्ने लक्ष्यका साथ घोषणा गर्नु पर्ने, दिगोपनाका लागि प्रतिबद्ध भएर कार्यक्रमको निरन्तरता दिनु पर्ने बताउनु भएको छ । बाँकी वडाहरुमा पनि बाल विवाह न्युनिकरणका गतिबिधिहरु प्रभावकारी रुपमा संचालन गर्नु पर्ने बताउनु भएको छ । 

बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख तथा बाल अधिकार समितिका संयोजक रत्नकुमारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा नगरप्रमुख छबिलाल थारु, बाल अधिकार समितिका सदस्यहरु, संघसंस्थाका प्रतिनिधि, बाल विवाह मुक्त घोषणाका लागि तयारी रहनु भएको वडा अध्यक्षहरुको सहभागिता रहेको महिला तथा बालबालिका शाखा प्रमुख उशा पुनले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार