मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

१६ पौष २०८२, बिहीबार

होमेन्द्र थापा, बर्दिया

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले बर्दिया जिल्लालाई शिक्षा क्षेत्रमा अघिल्लो वर्षको तुलनामा एक अरबभन्दा बढी बजेट विनियोजन भएको बताउनुभएको छ ।

 बढैयाताल गाउँपालिका–८, कण्ठपुरमा रहेको विद्याज्योति नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्ष २०८१/0८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सेनाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री तिमिल्सेनाले शिक्षा क्षेत्रमा पर्याप्त लगानी भए मात्र समाजमा सकारात्मक रूपान्तरण सम्भव हुने उल्लेख गर्दै समाज सुधार, समृद्धि र विकास सबैको साझा गन्तव्य भएको बताउनुभयो । साथै, स्वास्थ्य र शिक्षाजस्ता संवेदनशील क्षेत्रमा सबैको सोच र धारणा एउटै हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले आह्वान गरेको अक्षयकोष स्थापना अभियानअन्तर्गत ४१ जना दाताबाट ५७ लाख ७७ हजार ५ सय ८७ रुपैयाँ संकलन भएको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले जानकारी दिनुभयो ।

प्रधानाध्यापक रेग्मीका अनुसार विद्यालयको भौतिक तथा आर्थिक सुधारका लागि गरिएको आह्वानलाई दाताहरूले सहर्ष स्वीकार गरेका हुन् । यसैगरी, स्वर्ण जयन्ती कार्यक्रम सञ्चालनका लागि थप १ सय ६ जना सहयोगदाताबाट १७ लाख ९६ हजार १७ रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ ।

अक्षयकोष स्थापनाका लागि सबैभन्दा बढी सहयोग विद्यालयमै कार्यरत शिक्षक तथा कर्मचारी परिवारबाट प्राप्त भएको विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार