मुख्य समाचार
बर्दियामा पत्रकारहरुको होली मिलन कार्यक्रम सम्पन्न | बारबर्दियामा द्वन्द्व पीडित महिला र बालिकाको तथ्याङ्क संकलन गर्ने | ठाकुरबाबा नगरपालिकाद्वारा सिभिसि बर्दिया सम्मानित | ठाकुरबाबा नगरपालिकाको आठौं स्थापना दिवस भव्य रूपमा सम्पन्न | बारबर्दियामा किशोरी बिन्दु डंगाल एक घन्टाका लागि शिक्षा शाखा प्रमुख | किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन पालिकालाई हस्तान्तरण | बर्दियाका पेट्रोल पम्पमा अनुगमन, उपभोक्ताहरू खुशी | मधुवन नगरपालिका–४ बालविवाहमुक्त घोषणा | नेपालमा पहिलो पटक ‘ड्रिम खोखो’ लिग २०८१ आयोजना हुने | बारबर्दियाका विद्यालयहरू स्वच्छता र खानेपानी व्यवस्थापनमा अग्रणी |

ठाकुरबाबामा युवा तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
ठाकुरबाबामा युवा तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Rato Pen 92+ समाचार ( )
१२ माघ २०८१, शनिबार

ठाकुरबाबा

युवाहरूको सवाललाई योजना तर्जुमा प्रक्रियामा समावेश गराउन सहयोग पुर्‍याउने उद्देश्यले ठाकुरबाबामा युवा तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम विहीवार सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ठाकुरबाबा नगरपालिका–८ का वडाध्यक्ष तथा सामाजिक विकास संयोजक टेक बहादुर बडुवाल सिजापतिले नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले खेलकुदमा युवालाई जागरुक बनाउन बजेट बिनियोजन गरिएको र युवा लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो। साथै, उहाँले आगामी दिनमा पनि युवाका सवालमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागी युवाहरूले सामाजिक सञ्जालको दुरुपयोग रोक्न, फोहोर व्यवस्थापनको सुधार गर्न, बाल विवाह तथा लागू पदार्थ दुव्र्यसनको रोकथाम गर्न, रोजगारी तथा स्वरोजगारका कार्यक्रम ल्याउन, र सीपमूलक शिक्षामा जोड दिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

कार्यक्रम ठाकुरबाबा युवा सञ्जालका अध्यक्ष धिरेन्द्र धितालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडाध्यक्ष टेक बहादुर बडुवाल सिजापति प्रमुख अतिथि रहनुभएको थियो। साथै, ठाकुरबाबा युवा सञ्जालका सदस्य, बरघर, वन समिति, आमा समूह, किशोरी समूह, नागरिक समाज, र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम अधिकृत संजय चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार