मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न
किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न

Rato Pen 357+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

बारबर्दिया नगरपालिका–६ स्थित नवज्योती आधारभूत विद्यालयमा अध्ययनरत किशोरकिशोरीहरूलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी पाँचदिने दौतरी शिक्षक तालिम सम्पन्न भएको छ। किशोरकिशोरीमार्फत समुदायमा सचेतना फैलाउने उद्देश्यले राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरियाको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

प्लान इन्टरनेशनल नेपाल र कोईकाको सहयोगमा आयोजित उक्त तालिममा सहभागी किशोरकिशोरीहरूलाई दौतरी शिक्षकको भूमिका निर्वाह गर्दै यौन तथा प्रजननसम्बन्धी ज्ञान प्रभावकारी रूपमा प्रसार गर्न सक्षम बनाउने लक्ष्य राखिएको थियो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पाण्डेले राम्रो कामको सुरुवात आफैबाट गर्नुपर्नेमा जोड दिँदै सहभागी विद्यार्थीहरूले आफ्ना साथीहरूलाई सिकाउनुपर्ने बताउनुभयो। उहाँले घरपरिवारका भाईबहिनीहरूलाई समेत यस्ता विषयमा जानकारी गराउन आग्रह गर्दै तालिम लिएपछि प्रेरणाको स्रोत बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सुष्मा घर्तीमगरले सिकेका ज्ञान, सीप र धारणा आफैमा सीमित नराखी अरूसँग बाँड्नुपर्ने बताउनुभयो। उहाँले परिवार नियोजन, स्यानिटरी प्याडको प्रयोग तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा खुला रूपमा छलफल गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले तालिमलाई किशोरकिशोरीका लागि जीवनोपयोगी रहेको उल्लेख गर्नुभयो। विद्यालय शिक्षाभन्दा थप विस्तृत ज्ञान हासिल गर्ने अवसर पाएको भन्दै उहाँले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुराकानी गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका स्वास्थ्यकर्मी प्रशिक्षकहरूले तालिममा सिकेका विषयलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन्। यस तालिमले किशोरकिशोरीहरूमा यौन तथा प्रजनन अधिकारबारे आत्मविश्वासका साथ संवाद गर्न सक्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालिममा सहभागी किशोरकिशोरीहरूले दौतरी शिक्षकको रूपमा सिकाउने अवसर पाएकोमा खुशी व्यक्त गर्दै किशोरावस्थामा हुने मानसिक, शारीरिक तथा यौन परिवर्तनका विषयमा नयाँ ज्ञान हासिल गरेको बताएका छन्। परियोजनाकी सुपरभाइजर लक्ष्मी भुर्तेलका अनुसार तालिमले सहभागीहरूलाई व्यवहारिक रूपमा सक्षम बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार