मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

चितुवाको आक्रमणमा बालिकाको मृत्यु, आक्रोशित स्थानीयको दबाबमा चितुवा खोजी सुरु
चितुवाको आक्रमणमा बालिकाको मृत्यु, आक्रोशित स्थानीयको दबाबमा चितुवा खोजी सुरु

Rato Pen 357+ समाचार ( )
१५ जेठ २०८२, बिहीबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ बालापुर गाउँकी ७ वर्षीया सायरा चौधरीको चितुवाको आक्रमणमा परी मृत्यु भएपछि आक्रामक चितुवाको खोजी सुरु गरिएको छ।

विहान करिब ८ बजे शौचालय जाने क्रममा घर नजिकै चितुवाको आक्रमणमा परेकी बालिकाको शव हाल बर्दिया अस्पतालमा राखिएको छ। घटनापछि आक्रोशित स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै सडक अवरुद्ध गरी विरोध जनाएका थिए।

स्थानीयको दबाबपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको निर्देशनमा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालयका प्राविधिक टोली घटनास्थलमा खटाइएको छ।

चितुवाले सोही वडामा पटक–पटक आक्रमण गर्दै आएको भए पनि सम्बन्धित निकायले समयमै चासो नदिएको स्थानीयको गुनासो छ। उनीहरूले चितुवा तत्काल नियन्त्रणमा लिन, पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन र सम्भव नभए स्थानीयलाई नै चितुवा मार्ने अनुमति दिनुपर्ने माग राखेका छन्।

प्रजिअ शर्माका अनुसार, चितुवा समात्ने टोली तत्काल परिचालन गरिएको र पीडित परिवारसँग छलफलपछि आक्रोशित भीडलाई शान्त पारिएको हो।

डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत रामकुमार चौधरीका अनुसार, चालु आर्थिक वर्षमा मात्रै चितुवाको आक्रमणबाट ४ जनाको ज्यान गएको, ५ जना गम्भीर घाइते भएका र १३१ वटा घरपालुवा चौपायामा क्षति पुगेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार