मुख्य समाचार
बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न |

बर्दियामा घडियाल गोही संरक्षणको सफलता
बर्दियामा घडियाल गोही संरक्षणको सफलता

Rato Pen 347+ समाचार ( )
२६ असार २०८३, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्जभित्र सञ्चालित घडियाल गोही प्रजनन केन्द्रमा यस वर्ष ९६ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन्। संकटापन्न घडियालको संरक्षणमा यो उपलब्धिलाई महत्त्वपूर्ण मानिएको छ।

निकुञ्जका अनुसार यस वर्ष चार वटा पोथी घडियालले ११८ वटा अण्डा पारेका थिए। तीमध्ये ९६ वटा बच्चा सफलतापूर्वक कोरलिएका छन्। १० वटा बच्चा जन्मिएलगत्तै मरेका तथा १२ वटा अण्डा निष्क्रिय भएका छन्। हाल सबै ९६ वटा बच्चालाई प्रजनन केन्द्रभित्र सुरक्षित रूपमा हुर्काइँदै छ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामका अनुसार २०४० सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा सुरुमा नौ वटा पोथी र एउटा भाले गरी १० वटा घडियाल राखिएको थियो। त्यसयता केन्द्रमा ५०३ वटा घडियाल जन्मिएका छन्। तीमध्ये ३३० वटा जीवित छन् भने विभिन्न चरणमा ५३ वटा घडियाललाई प्राकृतिक वासस्थानमा पुनःस्थापना गरिएको छ।

सफा र बग्ने नदीमा बस्ने तथा मुख्य रूपमा माछा खाने घडियाल गोहीले मानिसमाथि आक्रमण नगर्ने जनाइएको छ। तर नदी प्रदूषण, प्राकृतिक वासस्थानको विनाश, अण्डा नष्ट हुने तथा अवैध सिकारका कारण यसको अस्तित्व संकटमा पर्दै गएको संरक्षणकर्मीहरू बताउँछन्।

पछिल्ला वर्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२ मा १०५ वटा बच्चा जन्मिँदा ३५ वटा मरेका थिए। २०८१ मा ५८ मध्ये ३२ वटा, २०८० मा ९० मध्ये ६२ वटा र २०७९ मा ६१ मध्ये ३८ वटा मात्र जीवित रहेका थिए।

प्रजनन केन्द्रमा हुर्काइएका घडियालहरू उपयुक्त उमेर पुगेपछि प्राकृतिक नदी प्रणालीमा छाड्ने गरिएको छ। यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको खौरहवा खोला, बबई नदी र गैँडा मचान क्षेत्रमा २५ वटा तथा बाँके राष्ट्रिय निकुञ्जको राप्ती नदीमा पाँच वटा गरी ३० वटा घडियाल प्राकृतिक वासस्थानमा छाडिएको निकुञ्जले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार